सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला भलिबल संघ अर्घाखाँचीको दोस्रो जिल्ला अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिबेशनले भलिबल रेफ्री दीपक परियारको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समितिको चयन गर्दै सप्पन्न भएको हो ।
राष्ट्रलाई विश्वका सामु चिनाउने खेलकुदको विकासमा सबैले ध्यान दिनुपर्ने भन्दै एक कार्यक्रमका बक्ताहरुले खेलकुदमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
“स्वास्थका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद ”भन्ने मुल नाराका साथ सन्धिखर्कमा सम्पन्न भएको जिल्ला भलिबल संघ अर्घाखाँचीको दोस्रो जिल्ला अधिवेशनको उद् घाटनमा बाेल्ने बक्ताहरूले यस्ताे कुरा बताएका हुन् ।
दिपक परियारको अध्यक्षता, जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका अध्यक्ष सिद्दी प्रसाद भुसालको प्रमुख आतिथ्यता,कृष्ण खनालको स्वागत मन्तव्य र बाबुराम रसाइलीको सन्चालनमा सम्पन्न भएको अधिवेशनले दिपक परियारको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला समिति निर्बिरोध निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा कर्णध्वज रायमाझी ,उपाध्यक्ष बाबुराम भुसाल ,सचीव डिल्लीराज भुसाल ,सह-सचिव कृष्ण खनाल ,र कोषाध्यक्षमा रेसम थापा चुनिनुभएको छ ।
त्यस्तै समितिको सदस्यहरूमा बाबुराम भुसाल ,दामोदर के.सी.,माधव भुसाल ,सुर्य थापा ,अशोक भुसाल डोर बहादुर शाह ,लाल बहादुर जि.सी.,सकुन्तला अधिकारी र नारायण सुनार सर्वसहमतिबाट चुनिनुभएको छ ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्दी प्रसाद भुसाल ,पुर्व जिल्ला अध्यक्ष मोतिजङघ रायमाझी ,पुर्व जिल्ला उपाध्यक्ष बिष्णु परियार,र नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हिम बहादुर जि.सी.ले शुभकामना दिनुभएको थियो ।
गोपाल प्रसाद भट्टराईबाट