शेभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरार्काले राजनितिको लागि मात्र विकासको कुरा नगर्न दलहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी अञ्चल स्तरीय भेलाको अर्घाखाँचीमा उद्घाटन गर्दै उहाँले देश विकास प्रति दलहरुले देखाएको उदासिनता प्रति दुःख व्यक्त गर्नुभयो । निजी क्षेत्रसँग सहकार्य गरी राज्यले विश्वास गरेमा दश वर्ष भित्रमै मुलुकमा कायाप्लट गरेर देखाइदिने उहाँको दावी थियो । नेपालमा विकासको निम्ति प्रशस्त सम्भावना हँुदा हुँदै पनि राज्यको उदासिनता र बेवास्ताका कारण आर्थिक क्षेत्र गम्भीर संकटमा फस्दै गएको उहाँको धारणा छ । मुलुकमा राजनैतिक परिवर्तन भए पनि जनताको जिवन स्तरमा कुनै सुधार नआएको भन्दै उहाँँले संविधानको धोषणा भए सँगै अव मुलुक आर्थिक क्रान्तिको दिसामा अगि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो । मुलुकका सबै खाले परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने उद्योग व्यवसायीका समस्या प्रति राज्य उदासिन बनेको उहाँको आरोप छ । मुलुकमा आमूल परिवर्तन भई नयाँ किसिमले अघि बढिसक्दा पनि पञ्चायत कालीन ऐन कानुनमा बाँधेर उद्योग व्यवसायीलाई कुन्ठीत गर्नु किमार्थ राम्रो नहुने उहाँको चेतावनी थियोे ।
कार्यक्रममा मन्तव्य राख्दै उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भवानी राणाले राज्यलाई अप्ठ्यारो परेको बेलामा काँध थाप्ने उद्योग व्यवसायी सबैको निसानाको केन्द्र बन्नु दुःखद कुरा भएको बताउनु भयो । स्थानीय साधन र स्रोतको समुचित प्रयोग गरि व्यबसायीक रुपमा उद्योग सञ्चालनको निम्ति अगि बढ्नुपर्ने उहाँको सुझाब थियो । उद्योग वाणिज्य महासंघले एक गाउँ एक उत्पादन र एक जिल्ला एक उत्पादनको नारालाई व्यवहारमा लागू गर्न कृषि सँग सम्बन्धीत कार्यक्रम लिएर अँगाडी बढेको भन्दै उहाँले प्रत्येक जिल्ला र गाउँमा कृषि जन्य उद्योग स्थापना गरि रोजगारी प्रवद्र्धन गर्ने र उत्पादित बस्तुलाई विश्व बजारमा पु-याउने समेत जानकारी दिनुभयो ।
अर्का वक्ता उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले लुम्विनी क्षेत्रमा पर्यटन, जडीबुटी, खाद्यान्न उद्योगको प्रर्याप्त सम्भावना रहेको बताउनुभयोे । उद्योगमैत्री कानुन निर्माण गरि गरि खाने बातावरण सिर्जना गर्नुपर्नेमा उहाँको जोडदार माग थियो । स्वदेशी उद्योगहरुलाई निचोरेर राज्यले आफ्नै घुँडामा आफै बन्चरो चलाउन खोजेको आरोप लगाउदै उहाँले आर्थिक सम्बृद्धिको मेरुदण्डको रुपमा रहेको उद्योग व्यवसायलाई संरक्षण गरेर अँगाडी बढ्न राज्यको ध्यानाकर्षण गर्नुभयो
उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य दिलसुन्दर श्रेष्ठ, स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम ,उद्योग वाणिज्य महासंघ गुल्मीका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, उद्योग वाणिज्य महासंघ नवलपरासीका अध्यक्ष भरत थापा ,पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थी ,उद्योग वाणिज्य महासंघका युवराज श्रेष्ठ लगायतले मन्तव्य राख्दै स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्दै परनिर्भर को अन्त्यगरी आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष महेशमान सिंह लगायत लुम्विनी अञ्चल भित्रका उद्योग व्यबसायीहरुकोे उपस्थिति थियो । भेलाले लुम्विनीको व्यवसाय प्रबद्र्धनको निम्ति ठोंस योजना निर्माण गर्ने अर्घाखाँची उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । कार्यक्रम अर्घाखाँचीका अध्यक्ष तथा केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता महासचिब नेत्र प्रसाद भुसालकोे सञ्चालनमा सम्पन्न भएको थियो ।
भेलाको उद्घाटन महासंघका केन्द्रिय अध्यक्ष पशुपति मुरारकाले गरेका थिए । भेलामा उद्योग वाणिज्य महासंघका पुर्ब अध्यक्षहरु, पदाधीकारी, केन्द्रिय सदस्य , बिभिन्न शाखाका अध्यक्ष तथा लुम्बिनी अञ्चलका १२ शाखाका अध्यक्ष सहित पाँच जना प्रतिनिधि गरि झण्डै एक सय जनाको सहभागिता रहको थियो ।