अड्गुरी ६ र ७ मा भीषण आगलागी, पुरा गाउँ जोखिममा (फोटो फिचर)

प्रेम खड्का 
अड्गुरी,  अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अड्गुरीमा भीषण आगलागी भएको छ ।
 अड्गुरीका वार्ड नम्बर ६ र ७ का पुरा गाउँ जोखिममा परेका छन् । स्थानियबासीहरु गाउँ छोडेर भाग्न वाध्य भएका छन् । 
बारुणयन्त्र, स्थानियबासी र प्रहरीले आगो निभाउन प्रयास गरिरहेका छन् । केही घरगोठहरु जलेर नष्ट भएका छन् ।  पुरा क्षतीको विवरण अहिले सम्म केही आउन सकेको छैन् । 
उता निरन्तर लामो समय देखिको खडेरीले गर्दा अर्घाखाँचीभर आगलागीका घटना दैनिक भईरहेका छन् । आगलागीबाट ज्यान जानुका साथै करोडौ बराबरको धनजनको नोक्सान भएको छ । 
अागो सामुदायिक बन तथा गाउँमा बढी लागि रहेको छ । जिल्लाको जलुके, सिद्दारा, सिमलपानी, ठाडा, अड्गुरी, किमडाँडा, धातिबाङ, बाङला, डिभर्ना, खन, गोखुङा, असुर्कोट, ढिकुरा नरपानी लगायतका धेरै ठाउँहरुमा दिनाहु आगलागीका घटना भईरहेका छन् । अहिलेसम्म  सय बढी घर तथा  सयौं गोठ जलेर नष्ट हुनुको साथै सयौं हेक्टर जगल जलेर नष्ट हुदा करोडौंको क्षेति भएको प्रहरीले अनुमान गरेको छ । 

अन्य समाचारहरु