सिमलपानी बिधुत प्रसारण लाईनको उपप्रधानमन्त्री तथा उर्जा मन्त्री रायमाझीद्वारा उद्घाटन (भिडियो, तस्बिर सहित)

भिडियो: सुर्य भुसालबाट 
सिमलपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सिमलपानी गाबिस वार्ड नम्बर १ देखि ५ सम्मका बिधुत प्रसारण लाईन सन्चालनमा आएको छ ।
बिधुत प्रसारण लाईनको उपप्रधानमन्त्री तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले उद्घाटन गर्नु भएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री रायमाझीले एक बर्ष भित्र मुलुक लोडसेडिङ मुक्त हुने दाबि गर्नु भएको छ ।

बिधुत प्रसारण लाईनको सिमलपानीमा उद्घाटन गर्दै मन्त्री रायमाझीले राष्ट्रिय सहमति को सरकार गठन भए नेपाली काङ्ग्रेस यहि सरकारमा अाउनुको बिकल्प नभएको जिकिर गर्नु भयो ।
मन्त्री रायमाझी ले सरकारले नया उर्जा निति ल्याएउन लागेको बताउदै देसभर उधोग धन्दा कलकारखाना चौबीसै घन्टा सन्चालन हुने खालको बिधुत सरकारले उपलब्ध गराउने बताउनु भयो ।
कार्यक्रम मा एमाले युबा नेता सासद डाक्टर दुमनसिह थापाले कृषि क्रान्ति बिना मुलुकमा अार्थिक क्रान्ति हुन नस्सक्ने बताउनु भयो कार्यक्रम मा नेकपा एमाले का केन्द्रीय सदस्य नजिर मिया निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी घिमिरे स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे गौतम नेपाल बिधुत प्राधिकरण का क्षेत्रीय डाईरेक्टर कासेन्द्द यादब बिधुत प्राधिकरण अर्घाखाँची का प्रमुख पबन कुमार शाहा प्रहरि नायब उपरीक्षक नबरत्न पौडेल एनेकपा मनअोबादि का अर्घाखाँची अध्यक्ष चन्द्द बहादुर खड्का नेपाली काङ्ग्रेस का सगठन बिभाबका सदस्य दामोदर न्यौपाने ऐनेकपा माअोबादिका टिका रेश्मि नेकपा एमाले का लोकनाथ खनाल लगाएतले मन्तब्य राख्नु भएको थियोे।
कार्यक्रम मा डि एस ए कन्टक्सनका प्रमुख दिपक बहादुर कार्कि लाई बिधुत प्रसारण लाईन सम्पन्न गरेको भन्दै उपप्रधानमन्त्री टोप बहादुर रायमाझी ले दोषल्ला अोढाई सम्मान गर्नु भएको थियो ।
सिमलपानि गाबिसका एकदेखि  पाँच सम्म स्थानीय बासिन्दाको झन्डै एक करोडको लगानीमा सम्पन्न भएको थियोे ! कार्यक्रम बिधुत उपभोक्ता समिति का अध्यक्ष प्रेम शारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।
-सुर्य भुसालबाट


सुवर्णखालमा जग्गा धनी प्रमाण पत्र वितवणमा:

अन्य समाचारहरु