१६ वर्षअघि हराएका दुईजना पर्वतारोहीको शव फेलापरेको छ ।
सन् १९९९ मा तिब्बतको शिशापाङमा हिमाल आरोहण गर्न गएका दुईजना पर्वतारोहीको शव बरफमा जमेको अवस्थामा फेलापरेको हो ।
विश्व चर्चित पर्वतारोही अलेक्स लोय र डेबिड ब्रिजको शव फेलापरे पनि बरफमा जमेका कारण अझै निकाल्न नसकिएको बताइएको छ ।
तिब्बतको १४औं अग्लो हिमाल चढ्नेक्रममा यी दुईजना चिप्लिएर लडेपछि बेपत्ता भएका थिए । उनीहरुको खोजीका लागि सयौं उद्धारकर्मीले वषौंसम्म प्रयास गरेका थिए ।
उनीहरुको शव निकाल्ने बितिक्कै सम्बन्धित परिवारको जिम्मा लगाइने भएको बताइएको छ । (एजेन्सी) –