सन्धिखर्क, अर्घाखाँची । समुदायमा आधारित मनोसामाजिक विमर्श सम्बन्धी तीन दिने आधारभुत तालिम अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सम्पन्न भएको छ ।
अर्घाखाँचीमा पछिल्लो समय आत्महत्या तथा मानसिक खालका समस्या बढ्दै गएपछि महिला तथा बालबालिका कार्यालय अर्घाखाँचीले मनोपरामर्स सम्बन्धमा तालिम कार्यक्रम सम्पन्न गरेको हो ।
मनोसामाजिक विमर्श सम्बन्धी तीन दिने आधारभुत तालिम बैसाख १८ गते देखि २० गते सम्म सन्धिखर्कमा चलेको हो ।
तालिममा नगरपालिकाका र अन्य करिब १४ गाबिसका गरि १६ जना महिला सहकारीकर्मीलाई प्रसिक्षण प्रदान गरिएको छ।
तालिममा प्रशिक्षकको रुपमा महिला तथा बालबालिका कार्यालय अर्घाखान्चिकि मनोबिमर्सकर्ता शुशिला भुसाल मनोबिमर्सकर्ता तथा जिल्ला अदालतका बालमनोबिग्य द्वय पवित्र भट्टराई र तेजेन्द्र पाण्डे हुनुहुन्थेओ भने सहजीकरण UNFPA जिल्ला अधिकृत कर्ण नेपालि र महिला विकास अधिकृत दिपा घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रम समापन गर्दै स्थानीय बिकास अधिकारी लक्ष्मी पाण्डे ले यो तालिम बाट समाजमा हुने मनोसामाजिक समस्या कम गर्न ठुलो मदत पुग्ने बताउनुभयो ।
तालिम प्राप्त महिलाहरुले आ आफ्नो छेत्रमा गइ मनोसामाजिक समस्याका छेत्र मा काम गर्नेछन। उनीहरुलाई आबस्यकता अनुसार थप तालिम पनि प्रदान गरिने महिला तथा बालबालिका कार्यालयले जनाएको छ। तालिम UNFPA को सहकार्यमा भएको थियो ।
तेजेन्द्र पाण्डेबाट