“सबैका लागि एक समान शिक्षा”

-रोशन खनाल 
त्यो दिन मलाई अझै स्मरण छ कि म कान्छाबुवा संग सरकारी विद्यालयमा प्रवेश गरे। विद्यार्थीहरुको बाक्लो उपस्थित बीच १० बजे विद्यालयको घन्टी बजेयो सबै मैदानमा आए र सरस्वती वन्दना पोछि राष्ट्रगान गाए र विद्यार्थीहरुलाई प्रधान-शिक्षकले र विद्यार्थीहरुको नेपाल आमाको जय भने नारा संगै देशभक्ति भावनाको लहर विद्यालयको ओरि-पोरी बगन थालेयो। म भखर दिल्लीबाट नेपाल गएको थिए र त्यो लहरले मलाई भित्र देखुन छोयो। मेरो यो अनुभव नेपालको सरकारी मावि विद्यालयमा पहिलो थियो किन भने मेरो शिक्षा भारतको दिल्लीमा सम्पन्न भएको थियो। 
त्यो विद्यालय थारु बाहुल्य क्षेत्रमा थियो तसर्थ विद्यालयमा पनि थारु विद्याथीहरुको उपस्थित धेरै थियो। विद्यालयमा खाली बसेको थिए र मलाई त्यो विद्यालयका विद्यार्थीहरु संग घुलमिल हुन् मन लागेयो र म जुन-जुन कक्षामा शिक्षकहरु अनुपस्थित थिए एक-एक गरेर कक्षाहरुमा गए र तेही क्रममा म कक्षा पांचमा पुगे। विद्यार्थीहरुले म शिक्षकहो कि भने र आ-आफ्नो ठाउ बाट उठेर समान दिए। प्यारा विद्यार्थीहरुले दिएको समान मैले स्वीकारे र तिमीहरु को शिक्षक होहिना भनै र मलाई विद्यार्थीहरु ले टल-मल भएर हेर्न थाले। मैले उनिहरुलाई आफ्नो विवरण दिए र सबै विद्यार्थीहरु संग उनिहरुको नाम सोध्न लागे यहि क्रममा मैले सामान्य ज्ञानका केहि प्रसनहरु राखे मेरो पहिलो प्रसन थियो हाम्रो देशको नामके हो ? यो सब भन्दा सामान्य प्रसन थियो र यो नेपालमा बसो बास गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई था हुने सामान्य कुरा हो तर त्यो विद्यार्थीहरुको मोन धारणले म आश्चर्यचकित भए र फेरी एक पटक तेही प्रसन गरे अब विद्यार्थीहरुले उतर दिन थाले…..तराई……..बुटवल…….जस्ता उतर सुनेर म झन् आश्चर्यचकित भए तेही बेला सानी विद्यार्थीले नेपाल भने उतर दीन मैले विद्यार्थीलाई सबै विद्यार्थीलाई भन भनै र सबैले एक स्वरमा नेपाल भने तेस्तै नेपाल को प्रधानमन्त्री,राष्ट्रपतिको नाउ पनि सोधे तेस्को उतर पनि मेरो कानमा परेन मैले सोधे तिमीहरुलाई शिक्षकले के शिक्षा दिन छन् ? तिमीहरु देशको नाउ पनि था छैन। 
विद्यार्थीहरुले भनलागे कोहिले आउछन कोहिले आउदैन् हामिहरुलाई मात्र दुइचार अक्षर लेखाउछन यो सुने पोछि देशको काठमाडौं र प्रमुख शहर बाहिर रहेका सरकारी विद्यालयको हालत जंजर रहिछ भन्ने आभास भयो र विद्यार्थीहरुको भनाइ पनि ठिकै हो अगाडि म कक्षा छ सात र आठमा गएर सोधे शिक्षकहरु दुइ-तिन पिरड लिन्छन् भन थाले शिक्षकहरु को मनमा भर हुन्छ पनि भन थाले। मैले सोधे यो कक्षाका अध्यापक आज आउनुभएको छ कि नहि …..आउउनु भाछ तर तल हुनुन्छ ….. मैले एसो मैदान तिर हेर्दा अध्यापकहरुले घाम तापी रहेका थिए र विद्यार्थीहरु हो-हल्ला। यो हर्दा मेरो मनमा अनेको कुराहरु आउन थाले। के देशका विकट शहरबाट टाडा सबै  सरकारी विद्यालयको स्तिथि यस्तैहोला। यसमा कुने संका छहिना कि नेपालको शिक्षा भारतभन्दा राम्रो छ तर त्यो मात्र काठमाडौं र देशका प्रमुख शहरमा मात्र सिमित रहिछ। विद्यार्थीहरुलाई शहर पस्न र कोठा लिएर घरबाट टाडा भएर पढ्नु बाधेयताहो। 
   
देशको शिक्षा प्रणालीमा असर पुग्ने गरि निजितोरमा गरिब जनताको मोटो पैसालिएर अध्यापन(टिउशन) गराउने र विद्यालयमा निजि जस्तै न पढाउने र सरकारी तलब पनि खाने। यस्तो परिस्थितिमा गरिब विद्यार्थीहरु मर्कामा पर्छन् र वित्तीय दवाब घर परिवार माथि पर्छ। हामीदेश निर्माणको कुरा गर्दा मात्र अरुलाई दोष दिन्छौ तर आफ्नो योगदान देश निर्माणमा कतिको छ भने था छैन यही फल स्वरूप आज देशमा शिक्षाको दुकान जताकतै फहिलिदै गएको छ। उचित,जागरुक,मानसिक विकास खालको शिक्षाकोकमी देशका भित्र कहियो क्षेत्रमा छ। किताबी ज्ञानमा मात्र विद्यार्थी सिमितिहुनु आजको समयमा उपुक्त न होला भने मलाई लाग्छ।
देशमा एक समानको शिक्षा सबैका लागि हुनु पर्छ। जसले पुंजी लगाउछ तेसैलाई मात्र सर्वोच्च शिक्षाको अधिकार कहाको न्यायहो। यो देशमा यस्ताखाले वर्गहरु पनि छन् जुन पुंजीको अभावले मात्र सर्वोच्च शिक्षाबाट वन्चित रहन्छन् तिनीहरुका लागि राज्यले एक समानको नीति हिमालको,पहाडको र तराईको कुन कुनामा इमान्दारीपूर्वक पूराउना परेयो। पुस्तकको अभाव हुनु राज्यको लापरबाही हो। हाम्रो देशको विडम्बना यो पनि हो कि आन्दोलनको नाउमा जनताका छोरो छोरिलाई अग्रमगतिमा राखने र आन्दोलन नेतृत्वकर्ता का छोरा छोरीलाई शिक्षाकोलागि राज्य बाहिर पठाउने? यो गतिले हामी हाम्रो देशका कर्णधारहरुलाई र देशको भविष्यलाई कुन दिशा तिर लैजादै छौ यो सोच्नु आजको मूल आवश्यकता हो।
देशको कुन कुनामा शिक्षालाई पूराउनाका लागि आजे देखुन राज्य लाग्नुपर्छ र विद्यालयलाई आन्दोलनको नाउमा रोकनु हुदैना र राज्यले विद्यालयलाई शान्तिक्षेत्र घोषणागर्नु पर्छ। सरकारी विद्यालयको शिक्षा प्रणालीमा व्यापक सुधार गर्नु पर्ने आवस्यकता आजको समय को मांग हो र निजि विद्यालयहरुको स्तरमा सरकारी विद्यालयहरुलाई लिउनु पर्छ। सबैका लागि एक समान शिक्षाको अधिकार देशको गरिब वर्गले पनि पाउनु पर्छ।