सन्धिखर्कको कुरमा ११ बर्ष देखि घरको कोठामा बन्दी बनाई राखिएका व्यक्तिको उद्दार (भिडियो, तस्बिर)
बैशाख २४ गते, २०७३ मा प्रकाशित
भिडियो: प्रेम खडका, अर्घाखाँचीडट्कम
प्रेम खडका
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्ला सन्धिखर्कको कुरमा करिब एघार बर्ष देखि घरको कोठामा बन्दी बनाई राखिएका एक व्यक्तिलाई उद्दार गरिएको छ ।
सन्धिखर्क नगरपालिका २ कुरका ५३ वर्षिय भोज बहादुर जिसीलाई स्थानियबासीको पहलमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले उद्दार गरिएको हो ।
मानसिक रोगी जिसीलाई आर्थिक अवस्था कमजोर भएकोले आफ्नै श्रीमती कमला जिसीले ११ वर्ष देखि घरको कोठामा बन्दी बनाएर राखेकी थिईन् ।
उनलाई उद्दार लगतै जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । जिसीलाई थप उपचारको लागि प्रजिअ सुरेन्द्र पौडेल, प्रहरी नायव उपरिक्षक नवरत्न पौडेल र महिला तथा बालबालीका कार्यालय प्रमुख दिपा घिमिरेको सक्रियता तथा सहयोगमा ललितपुरको एकान्त कुनामा रहेको “कोशिष नेपालमा” लगिएको छ । उनको त्यहाँ निशुल्क उपचार हुनेछ ।
वर्षौ देखि आर्थिक अवस्था कमजोरीका कारण उपचार गर्नुको सट्टा कोठामा थुनेर राख्न वाध्य भएकी उनकी श्रीमती एवम घरपरिवार सबैको सहयोग पछि खुशी भएका छन् ।
प्रहरीले उपचारको अलबा अन्य थप अनुसन्धान भैरहेको बताएको छ ।