अमेरिकामा रिपब्लिकन पार्टीकोतर्फबाट राष्ट्रपति पदको आकांक्षा राखेका ओहायोका गभर्नर जन केसिकले उक्त दौड परित्याग गरेका छन्। ट्रेड क्रुज बाहिरिएपछि आएको उक्त घोषणापछि रिपब्लिकन पार्टीमा राष्ट्रपति पदको दौडमा अब डोनाल्ड ट्रम्प मात्रै छन्।
केसिकले आफ्नो गृहराज्यमा मात्रै प्राइमरी भनिने पार्टीगत चुनाव जितेका थिए तर उनले जुलाईमा हुने रिपब्लिकन अधिवेशनमा आफ्नो उम्मेदवारीका लागि पहल गर्ने अपेक्षा गरेका थिए।तर त्यो अपेक्षा पूरा नहुने देखिएपछि अब उनी दौडबाट बाहिरिएका छन्।
आफ्ना समर्थकहरुलाई भावपूर्ण सम्बोधन गर्दै उनले भने,