बिमल गौतम
( साउदी अरब )
खान्न नाइ भन्दै भाग्थे बुबु माम कोच्याउथ्यौ,
ताते गर्दै हिड्दा लडे तिमी आँफै रुदै हुन्थेउ ।
काखमा राखी सुमसुम्याउदै मात्री धारा चुसाउथ्यौ ,
कुनै दिन ढिलो आउँदा कती धेरै बेचैन हुन्थेउ ।
खेलमा लडी चोट लागे म भन्दा धेर तिमी रुन्थेउ ,
नाना थरी लोहोरी गाउदै कोकरिमा सुताउथ्यौ ।
भोकै हुन्थेउ अगाए म खाउ बाबु सधैं भन्थेउ ,
आज भन मलाई दुख्दा सधैं तिमी किन रुन्थेउ ।
सम्झी रहन्छु जुनि भरी आशिर्बाद र दुदको धारा ,
भेटिन्न यहाँ देबी देउता स्वर्ग बाटै देउ सहारा ।
(संसार भरिका आमाहरुमा समर्पण)