सल्लिकोट, अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड न १५ स्थित सल्लिकोटको काखमा रहेको श्री ज्ञान प्रकाश माध्यमिक विद्यालयले बिद्यालय स्थापनाको ५७ औं वार्षिक उत्सब तथा अभिभावक दिवस आज सम्पन्न गरेको छ ।
कार्यक्रम श्रोत ब्यक्ती युबराज भुसालको प्रमुख आतिथ्यता बिजय उच्च माध्यमिक बिद्यालयका नि बर्तमान प्राचार्य तथा नेपाल राश्ट्रीय शिक्षक संगठन का अध्यक्ष बाबुराम आचार्यको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिद्यालयका शिक्षक लीलामणि बस्यालले बिद्यालयको एक वर्षको आर्थिक आयब्यय प्रतिबेदन पेश गर्नु भएको थियो । बिद्यालयमा स्थापना गरिएका विभिन्न अक्ष कोशमा प्राप्त आर्थिकबाट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली काङग्रेश क्षेत्र न १ का सभापती केशब राज कुवर , पुर्व विद्यार्थी तथा पत्रकार विक्रम पाण्डे , विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरु ,छिमेकी बिद्यालयका प्र अ तथा शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक सुर्य बहादुर खनालले बिद्यालयको शैक्षिक एवं भौतिक अबस्थाका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको बीच बीचमा विद्यार्थीहरुले जन चेतना मुलक गीत संगीत नाटक प्रस्तुत गरि मनोरञ्जन प्रदान गरेका थिए । वार्षिक परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई प्रमुख अतिथि युवराज भुसालले पुरस्कार प्रदान गर्नु भएको थियो । शिक्षक दुर्गा प्रसाद बस्यालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालक शिक्षक दिलामणी बेल्बासेले गर्नु भएको थियो ।