एलडिओलाई दुर्व्यवहार गरेको आरोपमा गाविस सचिव पक्राउ

बाराका स्थानीय विकास अधिकारी नारायणप्रसाद पाण्डेमाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक जना गाविस सचिवलाई पक्राउ गरेको छ ।
गाविस सचिव रामानन्द रौनियारलाई प्रहरीले जिल्ला विकास समिति बाराको कार्यालय परिसरबाटै पक्राउ गरेको हो । जिल्ला विकास समिति बाराले बेनौली गाविसबाट अन्यत्र सरुवा गरेपछि स्थानीयबासिन्दालाई उचालेर गाविस सचिव रौनियारले स्थानीय विकास अधिकारी पाण्डे माथि दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । 
साता हप्ता पहिलो सचिव रौनियारलाई अन्यत्र सरुवा गरेको विरोधमा बेनौलीका बासिन्दाले स्थानीय विकास अधिकारी पाण्डेलाई उहाँको कार्यकक्षमै पुगेर आइतबार हातपात गरेका थिए ।