फिलिपिन्समा आज आमा निर्वाचन हुँदै -दक्षिणी शहर दबाउका शख्त मेहर रोड्रिगो दुतर्ते राष्ट्रपतीमा निर्वाचित हुन सक्ने

फिलिपिन्समा आज आमा निर्वाचन हुँदै छ । निर्वाचन सुरु हुनु अगाडि ठुलो सुरक्षा कारबाही हुँदै छ । राजनितिक शत्रुता हिंसामा परिणत हुने डरका माझ निर्वाचनका दिन १ लाख भन्दा बढी प्रहरी अधिकारी खटाइएका छन । 
राष्ट्रपती बेनिनो अक्युनोको ६ बर्षे कार्यकाल सकिएको हुनाले उनले पद त्याग गर्नु पर्ने हुन्छ । सो पदका लागि ५ जना उम्मेदवार लडिरहेका छन । अग्रणी उम्मेदवार दक्षिणी शहर दबाउका शख्त मेहर रोड्रिगो दुतर्ते पनि ति मध्ये छन । 
अक्युनोले उनलाई भबिश्यका तानाशाह भनेका छन । दुतर्तेले भुपु मन्त्री मार रोहासको जित सुनिस्चित गर्नका लागि सरकारले चुनावमा ठुलो छल गर्ने योजना बनाएको आरोप लगाएका छन ।