विश्वकै सबैभन्दा वृद्धि महिला सुसान्नाह मुसात जोन्सको बिहीबार निधन भएको छ । उनी ११६ वर्षकी थिइन्।
लसएन्जेल्सस्थित जेरन्टोलोजी (वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान) रिसर्च ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङले भन्नुभयो, जोन्सको बुकलिस्थित बिहीबार मृत्यु भएको छ।
उक्त वृद्धाश्रममा तीन दशकदेखि बस्दै आउनुभएकी जोन्स गत १० दिनयतादेखि बिरामी थिइन्।
उनको मन्टगोमेरी अलावामामा सन् १८९९ मा जन्म भएको थियो। एघार जना दाजुभाइ/दिदीबहिनीमध्ये एक जोन्सले काला किशोरीहरुका लागि स्थापना गरिएको विशेष विद्यालयमा अध्ययन गरी सन् १९२२ मा माध्यमिक तह उत्तीर्ण गरेकी थिइन्।
जोन्सले केही वर्ष वैवाहिक जीवन बिताउनु भए पनि उनको कोखबाट कुनै सन्तान भने जन्मेका थिएनन्। गत वर्ष जापानकी मिसाओ ओकावाको ११७ वर्षको उमेरमा टोकियोमा निधन भएपछि विश्वकी सबैभन्दा वृद्ध मानवका रुपमा उहाँको नाम गिनिज बुक अफ वल्ड रेकर्डस्मा लेखिएको थियो ।
अब सबैभन्दा जेठी इटालीकी मोरानो
जोन्सको मृत्युपश्चात उनीभन्दा केही महिना कान्छी इटालीको मर्वानीयाकी ११६ वर्षीया इम्मा मोरानो विश्वकी सबैभन्दा वृद्ध व्यक्ति हुनेछिन्, योङले भने।
यद्यपि मोरानोलाई औपचारिक रुपमा सबैभन्दा वृद्ध मानिस घोषणा गरिसकिएको छैन, वरिष्ठ चिकित्सक योङले भने। रासस/एपी