सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला मालपोत कार्यालयमा अब देखि आधा घण्टामा जग्गा पास भएको छ । दिनहु जग्गा पासको लागि सन्धिखर्क धाउन नपर्ने भएको हो ।
सम्पूर्ण प्रकृया पु-र्याएर आउनेको छिटो छरितो आधा घण्टामा जग्गा पास गर्न सकिने मालपोत कार्यालयले जनाएको छ ।
सोही अनुसार बिहान १० बजे नै कर्मचारीहरु आ-आफ्नो फाँटमा भेटिने छन् ।
मालपोत कार्यालयका अनुसार लेखन्दासले कागजातहरु ठिक पारी फाँटमा गएपछि मोठ भिडाउने, रोक्का हेर्ने, राजस्व तिर्ने, जग्गाधनी पुर्जा बनाउने, कार्यालयको छाप लगाउने देखि जग्गापासको काम समयमा नै हुनेछ ।
जग्गा पास गर्दा तल भने बमोजिम कागजातहरु आवश्यक पर्नेहुन्छ:-
(१) जग्गा धनी पुर्जा ( लिने-दिने )
(२) तिरो तिरेको रसिद ।
(३) नागरिकता प्रतिलिपी ( जग्गा लिने-दिने )
(४) जग्गामा घर, बाटोको सिफारिस
(५) रजिस्टेशन पासको लागि लेखन्दासबाट लेखिएको कागज, जसमा टिकट, साक्षी, ल्याप्चेछाप सहित राजस्व तिरेर फाँटमा बुझाउनु पर्नेछ ।
अर्घाखाँची नापी कार्यालय भवन ।