सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ८ दिने बच्चाको कोपर्दा मृत्यु भएको छ ।
सन्धिखर्क- २ का बम बहादुर बिकको ८ दिनको छोरालाई आफ्नै २ बर्षको छोरीले आमा बाहिर गएको बेला माया गर्ने बाहानामा अनुहारमा कोपर्दा आज निधन भएको छ ।
बच्चालाई कोपरेको झन्डै ८, १० घण्टापछि मेडिकलमा लगेर देखाउदा ठिकै छ भने पनि बालकलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याउनु अगाडि बच्चाको मृत्यु भैसकेको अस्पतालले जनाएको छ ।
सहयोगी बिसीबाट