गोखुङाका खिम बहादुर पुनको साउदी अरबमा पुगेको एक वर्ष नपुग्दै मृत्यु, श्रीमती बेहोस

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको गोखुगां सेपाने खोपीका खिम बहादुर पुनको रोजगारीका लागि साउदी अरबमा पुगेको एक वर्ष नपुग्दै मृत्यु भएको छ ।
मृतक खिम बहादुर पुन । तस्बिर: फेसबूकबाट 

गोखुगां गाबिस वडा नं ५ सेपाने ( खोपी ) घर भई बिगत १० बर्ष देखि सन्धिखर्क नगरपालिका- २ भद्रीखोला  बस्दै आएका ३८ बर्षका खिम बहादुर पुनको जेष्ठ ८ गते साउदी अरबमा मृत्यु भएको हो। 
पुनको जेन्डिस भई साउदी अस्पताल भर्ना गरिएको र  उपचारको क्रममा अस्पतालमा निधन भएको हो। 
बेहोस पुनकी  श्रीमती थम्कला पुन संगै समाजका ब्यक्तिहरु । तस्बिर: फेसबूकबाट 
पुनका एक श्रीमति र  १४ बर्ष र ८ बर्ष का २ छोरा छन । उनको मृत्युको खबर थाहा पाए देखि पुनको श्रीमती थम्कला पुन बेहोस अबस्थामा छिन । 
मृतक पुन धेरै समय सम्म भारतमा नोकरी गरि २०७२ भाद्रमा ग्लोबल ओबरसिजबाट रोजगारीका लागि साउदी अरब गएका थिए । 
मृतकका पुन नाबालक २ छोराहरु । तस्बिर: फेसबूकबाट 
मृतक पुनको लास ल्याउने प्रयास भैरहेको छ । लास ल्याउन अझै ८, १० लाग्ने पुनसंगै साउदी अरबमा काम गर्ने लोक बहादुरले बताए । 

अन्य समाचारहरु