महाराष्ट्रको पुलगाउँमा भारतीय सेनाको हातहतियार डिपोमा आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु

भारतको महाराष्ट्र राज्यस्थित पुलगाउँमा रहेको भारतीय सेनाको केन्द्रिय हातहतियार डिपोमा मंगलबार बिहान आगलागी हुँदा दुईजना सैन्य अधिकृतसहित कम्तिमा १७ जनाको मृत्यु भएको छ ।
त्यहाँका तैनाथ रहेका एक सैन्य अधिकृतका अनुसार आगलागीमा परी घाइते भएका मध्ये धेरैको अवस्था चिन्ताजनक छ ।
मुख्य आगलागी भएको स्थानको आगो नियन्त्रणमा आइसकेको र अहिले अवस्था सामान्य रहेको छ, उनले भने, तर आगलागीका कारण अझै बिस्फोट हुने खतरा भने टरेको छैन ।
प्रत्यक्षदर्शीका अनुसार त्यहाँ आगलागीपछि धेरैपटक बिस्फोटनका आवज सुनिएको थियो । उनीहरुका अनुसार आगलागी राति १:३० बजेतिर सुरु भएको थियो ।
आगलागी के कारणले भएको हो भन्ने बारे कुनै जानकारी बाहिर आएको छैन । आगलागीका कारण हताहत हुनेको संख्या भने बढ्न सक्ने बताइएको छ ।
यसअघि पनि भारतीय सेनाका विभिन्न ठाउँमा रहेका डिपाेहरुमा अागलागी हुने गरेकाे थियाे ।
सन् २०१० मा पूर्वकाे पनागढमा रहेकाे सबैभन्दा ठूलाे हातहतियार डिपाेमा अागलागी भएकाे थियाे । तर त्यसमा कुनै हताहती भएकाे छैन ।
यस्तै सन् २००७ मा काश्मीरकाे अनन्तनाग जिल्लामा पनि त्यस्तै अागलागीपछि बिस्फाेटन हुँदा २५ जना घाइते भएका थिए भने गाउँ नै खाली गर्नु परेकाे थियाे ।
सन् २००० मा उत्तरी भारतकाे भारतपुरमा भएकाे त्यस्तै अागलागीमा परी २ जनाकाे मृत्यु भएकाे थियाे भने ९ कराेड डलर बराबरकाे क्षती भएकाे थियाे । एजेन्सी