गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची, २० जेठ । प्रगतिशील पत्रकार संघ, नेपाल अर्घाखाँचीले जिल्लाको पत्रकारीताको इतिहासमै पहिलो सन्चार डाइरेक्टरी प्रकाशनमा ल्याएको छ ।
अर्घाखाँची जिल्लाका सम्पुर्ण सन्चार संस्था, पत्रकार तथा सन्चारकर्मी, सरकारी एवम् गैरसरकारी कार्यालय र जिल्लामा कृयाशिल राजनीतिक दलहरुका टेलिफोन नम्बर र मेल आइडिहरु समावेश गरी प्रकाशन गरेको डाइरेक्टरीको आज एक कार्यक्रमका बीच प्रगतिशील पत्रकार संघ,नेपालका केन्द्रिय अध्यक्ष नारायण शर्माले विमोचन गर्नुभएको छ ।
प्रगतिशील पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष विनोद गैरेको अध्यक्षता,उपाध्यक्ष गोपाल प्रसाद भट्टराईको स्वागत मन्तव्य र सचिव जितेन्द्र खत्रीको सन्चालनमा सम्पन्न भएको बिमोचन कार्यक्रममा सहभागी अतिथिहरुले शुभकामना मन्तव्य राख्दै महत्त्वपूर्ण सन्चार डाइरेक्टरी प्रकाशन जस्तो रचनात्मक काम गरेको भन्दै प्रगतिशील पत्रकार संघ ,नेपाल लाई धन्यवाद ज्ञापन गर्दै समाजिक रुपान्तरण गर्दै राष्ट्र समृद्धिको निम्ति सबैले सिर्जनात्मक काम गर्नुपर्ने धारणा राखेका थिए ।
यसरी मन्तव्य राख्नेहरुमा प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष नारायण शर्मा, स्थानीय बिकास अधिकारी लक्ष्मी पाण्डे गौतम, नेपाल पत्रकार महासंघ का अध्यक्ष शोभाखर पन्थी, नेपाली काङ्ग्रेसका सभापति विष्णु खनाल मुस्कान, ने.क.पा.एमालेका उपसचिव प्रेम नारायण गैरे, नेकपा माओवादी केन्द्रका सचीव भक्त बहादुर पुन, नेकपा (मसाल)का जिल्ला प्रवक्ता थम्मन के.सी, राष्ट्रिय जनमोर्चाका सचीव गोपाल पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष देवी बहादुर खड्का, नयाँ शक्ति नेपालका अध्यक्ष खिम बहादुर बि.क, जनमुक्ति पार्टीका अध्यक्ष टुक बहादुर चेवाली र नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल, डाइरेक्टरी प्रकाशन समितिका संयोजक देबेन्द्र कुँवर लगाएतले मनतव्य राखेका थिए ।