भारतको उत्तरप्रदेशमा अतिक्रमित जमिन खाली गराउन परिचालित प्रहरीमाथि स्थानीयको आक्रमणमा मारिनेको संख्या २४

 भारतको उत्तरप्रदेशस्थित मथुरामा अतिक्रमित जमिन खाली गराउन परिचालित प्रहरीमाथि स्थानीयको आक्रमणमा मारिनेको संख्या २४ पुगेको छ ।
घटनामा एक एसपी पनि मारिएका छन् । अतिक्रमित जमिन खाली गराउन पुगेको प्रहरी टोली र स्थानीयबीच झडप भइरहेका बेला एक्कासि गोली चलेको बताइएको छ ।
गोली लागेर एसपी मुकुल द्विवेदी र सन्तोषकुमार यादवसहित २४ जना मारिएका हुन् । घटनामा एक सयभन्दा बढी घाइते भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच, उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवले मृतक प्रहरीलाई सहिद घोषणा गर्दै २० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
स्थानीय प्रशासनले जवाहरबाग क्षेत्रको सरकारी जग्गा अतिक्रमण गरेर बसेको बस्तीमा