कमाउन साउदी अरब पुगेको एक वर्ष नपुग्दै गोखुगांका खिम बहादुरको बाकस आईपुग्यो

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । रोजगारीका लागि साउदी अरबमा पुगेको एक वर्ष नपुग्दै मृत्यु भएका अर्घाखाँची जिल्लाको गोखुगां सेपाने खोपीका खिम बहादुर पुनको शव बाकस सन्धिखर्क आईपुगेको छ । 
                                                                    मृतक खिम बहादुर पुनको बाकसमा आईपुगेको शव । तस्बिर: फेसबूकबाट 
सन्धिखर्कमा उनको दाह संस्कार गरिएको छ ।  अझै बेहोस अबस्थामा रहेका जन्म दिने आमा दिदिहरु श्रीमतीले अन्तिम श्रद्धाञ्जली दिएका थिए । 
गोखुगां गाबिस वडा नं ५ सेपाने ( खोपी ) घर भई बिगत १० बर्ष देखि सन्धिखर्क नगरपालिका- २ भद्रीखोला  बस्दै आएका ३८ बर्षका खिम बहादुर पुनको जेष्ठ ८ गते साउदी अरबमा मृत्यु भएको थियो । 
पुनको जेन्डिस भई साउदी अस्पताल भर्ना गरिएको र  उपचारको क्रममा अस्पतालमा निधन भएको हो। 
शव आउनु अघि जन्म दिने आमा दिदिहरु श्रीमती लगायत अन्तिम श्रद्धाञ्जलीको लागि जम्मा भएर बसेको अवस्था ।  तस्बिर: फेसबूकबाट 
पुनका जन्म दिने आमा, एक श्रीमति र  १४ बर्ष र ८ बर्ष का २ छोरा छन । उनको मृत्युको खबर थाहा पाए देखि पुनको श्रीमती थम्कला पुन अझै बेहोस अबस्थामा छिन । 
मृतक पुन धेरै समय सम्म भारतमा नोकरी गरि २०७२ भाद्रमा ग्लोबल ओबरसिजबाट रोजगारीका लागि साउदी अरब गएका थिए । 
साउदीबाट आएको बाकस जिल्ला अस्पतालमा
उता साउदीबाट पुनको शव ल्याइएको झन्डै ६०, ७० हजार रुपैया बराबर मुल्य पर्ने बाकस जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ । बाकसलाई अस्पतालमा नराखी शव सँगै जलाउनु वा फालिदिनु पर्ने भन्दै यसको आलोचना भएका छन् । 
बाकस जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ । 
तस्बिर: सहयोगी बि.सीबाट 

अन्य समाचारहरु