खन, अर्घाखाँची । नेपाल प्रहरीका पश्चिमाञ्चल प्रहरी प्रमुख डि अाईजि कमल सिह बमले शान्ति सुरक्षा अमन चयन कायम गर्न नेपाल प्रहरी सक्षम रहेको बताउनु भएको छ ।
ईलाका प्रहरी कार्यालय खन अर्घाखाँचीको नबनिर्मित भबनको खनमा उद्घाटन गर्दै डिअाईजि बमले जनताले प्रतक्षय अनुभुती पाउने गरि सुरक्षा ब्यबस्था मिलाउन प्रहरीलाई निर्देशन दिनु भएको छ ।
बमले प्रहरि को काम प्रति अर्घाखाँचीबासिहरु सन्तुस्त देखिएको अाफुले पाएको बताउदै प्रहरीलाई प्रयाप्त श्रोत साधन नहुदा समस्या देखिएको बताउनु भयो ।
कार्यक्रममा अन्चल प्रहरि प्रमुख बरिस्ठ प्रहरी उपरीक्षक सेर बहादुर बस्नेत प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ले जनताको सेवामा प्रहरि जहिले पनि लागि परेको बताउदै प्रहरि लाई सहयोग गर्न स्थानीय बासिन्दालाई अाग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस का जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान नेकपा एमाले का कार्यबाहाक अध्यक्ष जिबनारायण कोईराला नेकपा माअोबादि केन्द्र का नेता राम बहादुर रायमाझी लगाएतले मन्तब्य राख्नु भएको थियो ।
भबन निर्माण समिति का अध्यक्ष रुद्रप्रसाद घिमिरे को अध्यक्षतामा मा भएको कार्यक्रममा जिल्ला प्रहरि कार्यलय अर्घाखाँची का प्रहरि नायब उपरीक्षक नबरत्न पौडेलले जिल्ला को शान्ति सुरक्षा प्रहरि ले गरिरहेको काम जिल्लामा शाधन श्रोत नहुदा परेको समस्या अागामि रणनीतिक योजना का बारेमा बताउदै जनताको जिउधनको सुरक्षा गर्न अर्घाखाँची प्ररहरि सक्षम रहेको बताउनु भएको थियोे ।
कार्यक्रम मा बोल्ने बक्ताहरुले अर्घाखाँची मा जनताको चाहाना अनुसारको काम गर्न सफल रहेको भन्दै प्रहरि प्रमुखको प्रसमसा गरेका थिए कार्यक्रममा स्थानीय जनताको ठुलो उपस्थिति रहेको थियोे ।
– सुर्य भुसालबाट