अर्घाखाँची सम्पर्क मन्च कोरियाद्वारा धातिवांग गाविसका अग्नि पिड़ितलाई राहत वितरण

घनश्याम पौडेल 
धातिवाङ्ग, अर्घाखाँची जेठ २४ । अर्घाखाँची जिल्लाको धातिवाङ्ग गाविसमा अग्नीपीडीतको लागी राहत स्वरुप नगद रुपैया वितरण गरिएको छ । नेपालमा परेको लामो समयको खडेरीको कारण अर्घाखाँचीका विभिन्न गाविसहरु सहित धातिवाङ्गमा पनी लाखौको क्षती भएको थियो । वैशाख १३ गते देखि लागेको आगोले धातिवाङ्ग वडा नं. ९ का तुलबहादुर सारु, बालसिंह सारु, विष्णु रोका मगर र गोविन्द सुर्यवंशीको घर जलेर नष्ट भएको गाविस सचिव रमेश न्यौपानेले वताउनुभयो । 
राहत सङकलन अभियानमा गैर आबासिय नेपाली संघ (एन. आर एन. ) कोरिया का सदस्य तथा दैविप्रकोप राहत कोषका संयोजक दिनामनी पौडेलले नगद पचाँस हजार सङकलन गरेर गाविसमा पठाउनुभएको सुपादेउराली समाचार पत्रलाई जानकारी दिनुभएको छ । राहत धातिवाङ्ग गावीसमा अग्नी पिडितलाई वितरण गरिएको हो । 
आगो निभाउने क्रममा वैशाख १३ गते डढेर मखमली विकको ज्यान गएको थियो । उनका ३ जना नावालक छोराछोरीको पढाई खर्च वापत ३३०००( तेत्तिस हजार )नगद रकम वितरण गरिएको हो । त्यस्तै पुर्ण रुपमा जलेका ४ घरपरिवारलाई प्रतिघर ३ हजारका दरले १२ हजार र २ गोठ जलेर नष्ट भएकालाई २५०० का दरले ५ हजार वितरण गरिएको स्थानिय हिमलाल पौडेलले वताउनुभएको छ । हाम्रो यो सानो सहयोग ले भएपनि ती साना साना बालबालिका हरु शिक्षा बाट बन्चित हुन नपरोस र तिनिहरुको जीबन अन्धकार मय नहोस् भनेर सहयोग गरेको भनेर अर्घाखाँची सम्पर्क मन्च का अध्यक्ष युबराज पाण्डे ले बताउनु भयो। 
हामी परबास माँ रहे पनी आफ्नो जिल्लामाँ आपात बिपत परेको बेला सबै जिल्ला बासी साथी हरु एकजुट भई जिल्ला का धेरै ठाऊ हरुमा यसरी नै सहयोग गर्दै आइरहेका छौ अहिले को यो हाम्रो सहयोग ले पनि ति सानासाना बालबालिका हरु पढाई बाट बन्चित हुन नपरोस र बाकि 6 परीबार घर गोठ जलेर भएको आर्थिक नोक्सानि माँ हाम्रो सानो सहयोग ले थोरै भएपनि ति परिबार लाई राहत मिलोस भनेर सहयोग गरेको यस अभियान का संयोजक तथा एन आर एन कोरिया का सदश्य दिनामनि पौडेल ले बताउनु भयो।
राहत वितरण कार्यक्रममा धातिवाङ्ग माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मणीराम पौडेल, छविलाल पौडेल, धातिवाङ्ग मावि प्र.अ हिमलाल पौडेल, स्वास्थ्य चौकी इन्चार्ज मित्रदेव पौडेल, लगाएतको उपस्थितीमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रेम पौडेलले गर्नुभएको थियो ।

अन्य समाचारहरु