अब सन्धिखर्क – काठमाण्डौ AC / WiFi सहित डिलक्स बस सञ्चालन हुने (फोटो फिचर)

पहिलो प्रकासित मिती: २०७३ जेष्ठ २८ शुक्रबार


– पश्चिम् नेपाल बस ब्यवसायी संघ , शाखा अर्घाखाँचीले AC युक्त WiFi जडित सुबिधासम्पन्न लक्जरियस डिलक्स बस भित्र्याएको छ ।

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची २८ जेठ । अर्घाखाँचीको सन्धिखर्कबाट काठमाण्डौका लागि अत्याधुनिक सुबिधा सम्पन्न डिलक्स बस सञ्चालन हुने भएका छन ।
पश्चिम नेपाल बस ब्यबसायी समितिले असार एक गते देखि सन्धिखर्कबाट बिहान पाँच बजे काठमाण्डौका लागि डिलक्स बस सञ्चालन गर्ने आज पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।
पश्चिम नेपाल बस ब्यबसायी समितिका सदस्य सरोज पौडेलले वाईफाई, एसी, भिडीओ , मोवाईल चार्जर सहितको अरामदायी बस सञ्चालन हुन थालेको जानकारी गराउनु भएको हो ।

यसका सुबिधा तथा उपलब्ध सेवाहरु:
(१) हरेक बिहान ठिक ५ बजे सन्धिखर्कबाट काठमाडौं । काठमाडौं बाट सोही समयमा अर्घाखाँची ।
(२) बस भित्र पंखा ,प्रत्येक सिट सगै मोबाईल चार्ज ।
(३ ) सुबिधा वाला सिट ,वाईफाई को ब्यबस्था
(४) जम्मा २८ सिट ,सिट भन्दा एक जना पनि बढी नहुने ।
(५ ) १० बर्ष भन्दा बढि काठमाडौं र दिल्ली बस चलाएका  पाका ,सफल चालक त्यस्तै अनुभबी सह चालक ।
(६) चालक र सह चालक बाट तपाईं प्रती राम्रो व्यवहार तथा एकै किसिमको पोशाक ।
(७) यात्रुको अनुरोधमा बाहेक राम्रो नास्ता र खाना खाने ठाउँमा बाहेक अन्यत्र गाडी नरोकिने ।
(८) तपाई लाई काठमाडौं पुगेपछी पनि केहि काम परे , तपाईंको मान्छे संग भेट्घाट समेत गराईने छ ।
(९) गाडी भित्र नै पानी ,सामान्य नास्ता को समेत ब्यबस्था छ ।
यस अगाडि प्रकासितपुरासमाचार

तेजेन्द्र पाण्डे
सन्धिखर्क, अर्घाखाँची ।  दक्षिण एसियाकै सबै भन्दा ठुलो यातायात ब्यबसायी संस्था पश्चिम नेपाल बस ब्यबसायी समितिले अब अर्घाखाँची जिल्लाबाट स्तरीय र डिलक्स बस संचालन गर्ने भएको छ |
समितिको जिल्ला साखाले आज सन्धिखर्कको शान्तिबगैचामा पत्रकार सम्मेलन गरि आगामी असर १ गते देखि सुबिधा सम्पन्न स्तरीय डिलक्स बस अर्घाखाची सन्धिखर्क देखि काठमाण्डौ सम्म संचालन गर्ने जानकारी गराएको छ |
पत्रकार सम्मेलनमा बोल्दै समिति कार्यसमिति सल्लाहकार सरोज पौडेलले यात्रुहरुको सुबिधाको मध्यनजर गर्दै र समयको माग बमोजिम यी सुबिधा सम्पन्न गाडीहरु संचालनमा ल्याइएको जानकारी गराउनु भएको छ | उक्त बसमा स्तरीय यात्रु सिट, ए सी,स्तरीय फ्यान , आकर्सक अडियो भिडिओ माध्यम, प्रत्येक सिटमा मोबाइल चार्जर बक्स, वाई फाई, मिनरल वाटर ,बिस्कुट लगायतका सुबिधा छन् | यात्रुहरुको बिसेस गुनासो रहने यात्रु भोजनालय स्थान पनि अन्य गाडीको भन्दा फरक हुनेछ | त्यसकालागि नवलपरासीको दुम्कीबास मा छुट्टै होटल समेत व्यवस्था गरियको समितिले बतायको छ | त्यसै गरि यी गाडीहरु निश्चित स्थान बाहेक अन्यत्र स्थान मा नरोकिने पनि समितिले जानकारी गराएको छ | गाडीहरुको बनावट र संरचनागत स्थिति पनि अत्यन्तै आधुनिक छ | अझ महत्तोपूर्ण कुरा त् यस गाडीका चालक, परिचालक तथा अन्य कर्मचारीहरुलाई बिसेस प्रशिक्षण समेत प्रदान गरिने र ड्रेस पनि छिट्टै ब्यबस्था हुने समितिले जनाएको छ |
आबस्यकता अनुसार २ जना चालक यी गाडीमा रहनेछन | हाल सुरुवाती चरणमा ५ ओटा स्तरिय बस हरु संचालनमा आउनेछन भने केहि दिन पछि थप ५ ओटा गाडीहरु संचालनमा ल्याउने समितिको तयारी छ | यी बसहरु दैनिक रुपमा बिहान ५ बजे अर्घाखाची सन्धिखर्कबाट काठमाण्डौ सम्म का लागि एक ओटा र बिहान ५ बजे नै काठमाडौँ गोंगबु नया बसपार्क बाट अर्घाखाँची सन्धिखर्क सम्मका लागि एक ओटा छुट्नेछन | अन्य सामान्य गाडीको तुलनामा यी गाडीमा यात्रुहरुले २० प्रतिसत भाडा बढी तिर्नुपर्नेछ | २० प्रतिसत भाडा बृदी हुदा एक सामान्य व्यक्तिको अर्घाखाची काठमाण्डु सम्मको भाडा ९१८ रुपैया हुनेछ | त्यसै गरि नेपाल सरकारले बिध्यार्थी,द्योन्द पिडित घाइते , अपाङ्ग लगायतलाई छुट्टाएको राहत छुट यी गाडीहरुमा पनि उपलब्ध हुने समितिले जनाएको छ | नियमानुसार गाडीमा ३६ सिट पास भयपनी यात्रुहरुको घुडा ठोक्किने समस्याले गर्दा २८ सिट मात्र राखियको बताउनुहुन्छ सल्लाहकार सरोज पौडेल | यी गाडीमा प्रति गाडि करिब ५५ लाख लगानी गरिएको पनि पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो |
यता सर्वसाधारण पनि जिल्लामा स्तरीय यातायात व्यवस्था भयको मा खुशी छन् | यस्ता प्रकारका सुबिधासम्पन्न गाडीहरु बाट पर्यटकिय सम्भावना बोकेको अर्घाखाचीमा थप सहयोग पुग्ने स्थानीयको अनुमान छ | पत्रकार सम्मेलनमा सल्लाहकार पौडेल सहित समितिका जिल्ला इन्चार्ज एबम गाडि धनि राम बहादुर बस्नेत ,गाडी धनि सुरेन्द्र पाण्डे, रास्ट्रिय तथा स्थानीय संचारमाध्यमका पत्रकारहरु समितिका कर्मचारीहरु ,चालक ,परिचालक ,लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो |

अन्य समाचारहरु