अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची जेठ २८ । वृज सिमेन्ट कम्पनीले सन्धिखर्कमा विभिन्न पक्षसँग अन्र्तक्रिया गरेको छ । कम्पनीले विभिन्न कार्यालयका इन्जिनियर, निर्माण व्यवसायी र हार्डवयर व्यवसासीसँग अन्तरकृया गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम । तस्बिर:- अर्जुन भुसाल, अर्घाखाँचीडट्कम
कार्यक्रमका बोल्ने वक्ताहरुले सिमेन्टमा गुणस्तरीयता कायम राख्नसके मात्र सिमेन्टको बजार राम्रो हुने बताए । उनीहरुले गुणस्तरहिन सिमेन्ट प्रयोग गर्दा घरदेखि साना-ठूला सबै आयोजना मजवुत नहुने बताए । निर्माण व्यवसायी संघका अध्यक्ष ऋषि अधिकारीले वृज सिमेन्टले ल्यापटेष्ट गरेर उत्पादन गरेकाले गुणस्तरयुक्त भएको बताए । गुणस्तर राम्रो भयो भने हामी निर्माण व्यवसायीले वृज सिमेन्ट मात्रै प्रयोग गर्न सक्छौं उनले भने, त्यसका लागि कम्पनीले हामीहरुलाई सहुलियत प्रदान गर्नुपर्छ ।
कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नुमेन्द्र पौडेलले स्थानीय विकास अधिकारीलाई मायाको चिनो प्रदान गर्दै। तस्बिर:- अर्जुन भुसाल, अर्घाखाँचीडट्कम
उद्योग वाणिजय महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सिमेन्ट गुणस्तरीय भएन भने धेरै ठूलो क्षति हुने भन्दै गुणस्तरीयताको विषयमा कम्पनीले खेलवाड गर्न नहुने बताए । सिमेन्टले गुणस्तर कायम गर्नु भनेको राष्ट्र निर्माणमा पनि सहयोग गर्नु हो