अर्घाखाँची जिल्ला प्रथम विद्यालयले ग-यो सम्मान तथा अभिनन्दन कार्यक्रम (फोटो फिचर)

घनश्याम पौडेल
चुत्राबेशी, अर्घाखाँची, असार ५ ।  अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडा नंं. २ चुत्राबेशीमा सन्धिखर्क ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले २०७२ सालमा एस.एल.सी  परिक्षामा सहभागी भई जिल्ला प्रथम भएको खुसियालीमा आज विद्याथीहरुलाई सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुलीले जिल्लामै उत्कृष्ट विद्यालय भएकोमा उत्कृष्ट विद्यालय बनाउन सहयोग गनुहुने शिक्षक अभिभावक तथा विद्यार्थीहरुलाई वधाई तथा आगामी दिनमा पनी अर्घाखाँची जिल्लामै उत्कृष्ट विद्यालय वन्दै जिल्लामा नै नमुना विद्यालय बनोस भन्दै शुभकामना दिनुभएको थियो । 
अर्घाखाँची जिल्ला प्रथम विद्यार्थी सन्दीप आचार्यले ३.८५ जिपिए, छात्रा तर्फ जिल्ला प्रथम दिपा श्र्रेष्ठले ३.७५ जिपिए प्राप्त गरेका थिए । जसमा ए प्लस ल्याउने विद्यार्थी ५ जना, ए ल्याउने ६ जना, वि प्लस ल्याउने ७ जना, बि ल्याउने २ जना र सि प्लस ल्याउने ३ जना रहेका छन । 
जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुलीको प्रमुख अतिथ्यता, विद्यालय निरिक्षक चोपलाल बेल्वासेको विशिष्ठ अतिथ्यता, नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कान, अभिभावक संघका अध्यक्ष तुल्सीराम खनाल, समाजसेवी सागर केसी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे, अखिल नेपाल शिक्षक संघका पुर्व जिल्ला अध्यक्ष कमल घिमिरे, पाणीनी बहुमुखी क्याम्पसका पिरिन्सीपल ज्ञानवहादुर क्षेत्री, अभिभावक विष्णु आचार्य, शिक्ष ओम प्रकाश पौडेल,  पत्रकार श्याम घिमिरे, विद्यार्थीहरु सन्दीप आचार्यं र दिपा श्र्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएको  कार्यक्रम ग्रिन ग्रिन इङलिस बोर्डिङ्ग स्कुलका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नेत्र प्रसाद भुसालको अध्यक्षता, सहायक पिरिनसिपल नारायण भुसालको सञ्चालन र शिक्षक विशाल खनालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । 
तस्विर: घनश्याम पौडेल एवम फेसबूकबाट