अफगानिस्तान: आत्मघाती बम आक्रमणमा थुप्रै नेपाली हताहत भएको आशंका

सोमबार
विहान अफगानिस्तानको राजधानी काबुल नजिकैको एउटा बसमा गरिएको आत्मघाती बम आक्रमणमा
परेर थुप्रै नेपाली सुरक्षाकर्मी हताहत भएको समाचार एक प्रहरीको हवालादिँदै खालिज
टाइम्सले प्रकाशित गरेको छ । यसरी मृत्यु हुने नेपाली सुरक्षाकर्मीको संख्या एक
दर्जन हुनसक्ने अनुमान छ । आफू सूचना दिनका निम्ति आधिकारीक ब्यक्ति नभएकाले ती
प्रहरीले नाम खुलाउन भने चाहेनन् । आक्रमणमा परेका व्यक्तिहरु सवार मिनिबसमै हमला
भएको जनाइएको छ ।

विष्फोट
भएको क्षेत्रमा तत्कालको अन्यौलले मृतक र घाइतेको यकीन संख्या पत्ता लाग्न सकेको
छैन । सातजना घाइते रहेको प्रारम्भिक अनुमान छ । दर्जनौं प्रहरी र एम्बुलेन्सहरु
घटनास्थलमा पुगिसकेका छन् ।

रोयटर्स समाचार
एजेन्सीले प्रत्यक्षदर्शीको हवाला दिँदै धेरै मानिस हताहत भएको जनाएको छ । उसले
पहेँलो रंगको उक्त बसले सरकारी कर्मचारीहरुलाई उनीहरुका कार्यालयतर्फ ओसार्दै
गर्दा आक्रमणमा परेको बताइएको छ । जबकि अर्को सुत्रको हवाला दिँदै उसले बसमा
यात्रारत् कन्ट्र्याक्टमा कार्यरत नेपाली सुरक्षाकर्मी रहेको जनाएको छ । विष्फोटको
जिम्मेवारी कसैले लिएको छैन र कारण पनि अझै खुलेको छैन ।

 

गत महिना अमेरिकी ड्रोन आक्रमणमा परेर तालिवानका नेता मुल्लाह अख्तर मन्सुरको
मृत्यु भएयता अफगानिस्तानमा जारी अशान्तिकै यो पछिल्लो रुप रहेको समाचारमा
उल्लेखित छ ।

समाचारमा
रोयटर्सले प्रसारित गरेको सूचनाले मृतकको परिचय अझै पुष्टि गरेको छैन भने एशोसिएट
प्रेसले प्रहरीको हवाला दिएर नेपालीहरु परेको बताएको छ।
सेतोपाटिमा खबर छ