दिपेन्द्र श्रेष्ठ
भगवती, अर्घाखाँची भगवती । अर्घाखाँची भगवती भैशी पालन समितिलाई किशानको लागि उन्नत बिउ बिउ बिजनका लागि आज भगवती वार्ड न ५ ताराखसेमा सार्बजनिक सुनुवाई कार्यक्रम समपन्न भएको छ।
उन्नत भैशी पालन समितिलाइ किसानको लागि उन्नत बिउ बिजन वितरण कार्यक्रमको आ.ब ०७२-०७३ को बार्षिक कार्यक्रम स्वीकृत कार्यक्रम अन्तर्गत भगवती दुघ्ध सङ्कलन केन्द्र ब्याबस्थापनको लागि कुल लागत रु १५२५००० जस अन्तर्गत अनुदान ग्राहिको रु ७६९५०० र जिल्ला पशु सेवा बाट किशानको लागि उन्नत बिउ बिजनको लागि अनुदान स्वरूप रु ७५५००० छुट्टिएको छ ।
कार्यक्रमा भगवती उन्नत भैशी पालन समितिका अध्यक्ष टोपलाल पाण्डेको सभापतित्व तथा किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम {k.u.b.k}की कर्मचारी सुजाता थापा को बिशेष आतिथ्यताका साथै पशु सेवा केन्द्र अर्घातोषका कर्मचारी उमानाथ पन्थी ,नेपालि कांग्रेस भगवतीका सभापति शोभाखर न्येउपाने ,ने क पा एमाले भगवती का प्रतिनिधि जय प्रकाश पाण्डे ,माओबादी केन्द्रका भगवतीका प्रतिनिधी मान कुमारि बिक ,भुत पूर्व गाबिस अध्यक्ष हरिलाल पाण्डे लगाएत स्थानीय बुद्धिजिबी,समाजसेबी,शिक्षक,पत्रकार लागायेताको आथिथ्यता रहेको कार्यक्रम मा भगवती र मरेंगको साझ दोबाटो मा पर्ने देउराली बजारमा दुग्ध चिस्यान केन्द्र खोलेर किशानाहरुको आयआर्जन बढाउने उध्यश्यले भगवती उन्नत भैशी पालन समितिका अध्यक्ष टोपलाल पाण्डे ले आफ्नो प्रतिबधता ब्याक्तका साथै डेरी सुधार सुधारका लागि सबैले आ-आफ्नो ठाउ बाटसहयोग गर्न आग्रह समेत गर्नुभएको थियो ।
कार्यक्रमको संचालन राम लाल पाण्डेले गर्नुभएको थियो ।