अर्घाखाँची मरेङ श्रोतकेन्द्रमा दुई दिने अभिमुखीकरण तालिम सम्पन्न

 दिपेन्द्र श्रेष्ठ 
मरेङ, अर्घाखाँची । अर्घाखाँची  मरेंगमा रहेको सिद्ध नेरा माबी मरेंग श्रोता केन्द्र अन्तरगतका  २४  वटा बिधालय  मध्ये मा .बि  ,नि माबी ,प्रा बि गरि सस्थागत बिधालयहरुका प्र अ का  लागि नाशाको शैक्षिक गुणस्तर सम्बधि ८ र ९ गतेको दुइ  दिने कार्यशाला  गोष्ठी यसै  श्रोत केन्द्रमा आज सम्पन्न भएको छ । 
कार्यक्रममा शिक्षक अन्तरक्रिया ,बिधालय  सुधार योजना लगाएतका बिषयमा बहस  चलाइएको थियो साथै शिक्षक प्रअहरुको  माषिक प्रतिबेदन श्रोताकेंद्र र जिल्ला  शिक्षामा  पेश गर्नु पर्ने,कास को रकम श्रोताकेंद्रमा  फिर्ता  गर्ने, बिधार्थिहरुको पहिलो  त्रैमाशिक परिक्षा  बाटै लेटर ग्रेडिंगबाट  नतिजा  प्रकाशन गर्ने  कुरामा सबै शिक्षक हरुले प्रतिबध्ता जाहेर   गरेका छन । 
कार्यक्रमको  संचालन  श्रोत  ब्याक्ति बिष्णु  प्रसाद खनालले सप्पन्न गर्नु  भएको  त्यहाबाट  शिक्षक घनश्याम पाण्डेले   जानाकारी   दिनु  भएको   छ । 

अन्य समाचारहरु