अर्घामा निर्माण हुन थालेको भगबती बिमानस्थलको निर्माण कार्य पुन: सुचारु हुने
आषाढ़ ११ गते, २०७३ मा प्रकाशित
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड न. १३ स्थित अर्घामा निर्माण हुन थालेको भगबती बिमानस्थलको निर्माण कार्य पुन: सुचारु हुने भएको छ ।
यसअघि सन्धिखर्क नगरपालिकाको नगर परिसद, बार्षिक बजेट निति तथा कार्यक्रम सार्बजनिकीकरण कार्यक्रममा नगरपालिकाले प्रस्तुत गरेको बार्षिक बजेट निति तथा कार्यक्रममा बिमान स्थल निर्माण कार्यलाई तीब्रता दिने बताएको थियो ।
सो अनुरुप भगवती बिमानस्थलको सिल्यान्यास असार १३ गते गरिने भएको हो । उक्त विमानस्थलको उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले सिल्यान्यास गर्ने छन् ।
सर्बदलिय बैठकमा
जिल्ला विकास समितिको कार्यलयमा आयोजित सर्बदलिय बैठकमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सोको जानकारी दिएका थिए ।
अर्घामा
पर्यटन प्रवद्र्धनको महत्वपूर्ण माध्यम हवाई क्षेत्र भएकाले यसको विकास विस्तारका लागि भन्दै लुम्बिनी अञ्चलमा तीन स्थानमा नया बिमानस्थल बन्दैछन् । रुपन्देहीको भैरहवामा अन्तराष्ट्रिय बिमानस्थलको काम समेत शुरु भएको छ भने अर्घाखाँचीको अर्घा भगवती र गुल्मीको सिमिचौर रहेका छन् ।
जिल्ला विकास समितिको कार्यलयमा आयोजित सर्बदलिय बैठकमा