सन्धिखर्क- चुत्राबेशीको जनज्योति उमावीका विद्यार्थीले ‘भारतले जे भनेनी स्विकार गरि मान’ भन्दै गीत गाए, व्यापक आलोचना ( भिडियो – फोटो सहित )

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुुर रायमाझी प्रमुख अतिथी बनेर पुगेको कार्यक्रममा आयोजकले  ‘भारतले जे भने पनि नेपालले मान्नुपर्ने’ भन्दै स्वागत गीत गाएपछि  व्यापक आपत्ती – आलोचना भएको छ ।  देशको स्वाभिमानमा आँच आएको भन्दै  यसको फेसबूक लगायत सामाजिक सन्जालमा चर्को आलोचना भएको छ ।
अर्घाखाँचीको सन्धिखर्क- २ स्थित जनज्योति उमावीका विद्यार्थीले ‘भारतले जे भनेनी स्विकार गरि मान’ भन्दै स्वागत गीत गाएका हुन् । भारतीय राजदूतावासको १ करोड ५१ लाख रुपैयाँ अनुदान पछि बनेको विद्यालय भवनको आईतबार भएको उद्घाटन समारोहमा उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, भारतीय राजदूत रणजीत राय पुगेका थिए ।
उद्घाटन समारोहमा रायमाझी प्रमुख अतिथि थिए भने, राय विशिष्ट अतिथि बनेर विद्यालय भवन उद्घाटन गर्न पुगेका थिए । विद्यार्थीहरुले स्वागत गीत गाउँदा ‘भारतले जे भनेपनि नेपाल’ले मान्नु पर्ने सुनाएपछि अविभावक लगायत सम्पूर्ण अचम्ममा परेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी बनेर गएका उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझीले पनि यसै विद्यालयमा अध्ययन गरेका थिए । ‘मैले ४१ वर्ष अघि यही विद्यालयमा पढेको थिएँ,’ कार्यक्रममा उनले भने, ‘विद्यालयको उन्नतिको लागि सवस्टेशनहरु बनाउने कार्य गर्दैछु ।’
कार्यक्रममा विशिष्ट अतिथी बनेका भारतीय राजदूत रणजीत रायले पनि बोलेका थिए । विहान ७ बजेदेखि चलेको उक्त कार्यक्रम १० बजे नै सकिएको थियो ।
यस्तो थियो गीत

भारत छोडी अन्त नाता कहीँ पनि जोड्न पाउँदैनौं,
भारतसँग नाता छोडी कहीँ पाउँदैनौं जान
भारतले जे भनेनी स्विकार गरि मान,
भारतले गर्दा पायौं हामीले यत्रो ज्ञान
यो भन्दा ठूलो अरु कहीँ पाउँदैनौं ज्ञान
भिडियो, तस्बिर :फेसबूकबाट 

अन्य समाचारहरु