अर्घाखाँची जिल्लालाई लोडसेडिङ मुक्त, सवै गाविसमा कालोपत्रे बाटो निमार्ण गर्ने, धरमपानीमा विमान स्थल निमार्ण, खानेपानीमा सुख्खाग्रस्त जिल्ला घोषणा गरी जिल्लालाई नेपालकै नमुना जिल्ला बनाउने घोषणा
घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची । उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लालाई नमुना जिल्ला बनाउने वताउनुभएको छ ।
अर्घाखाँची जिल्लामा भारतको सहयोगमा निमार्णादिन भवनको उदघाटन समारोहमा यस्तो वताउनुभएको हो । मन्त्री रायमाझीले अर्घाखाँची जिल्ला लाई लोडसेडिङ मुक्त, सवै गाविसमा कालोपत्रे बाटो निमार्ण गर्ने, धरमपानीमा विमान स्थल निमार्ण, खानेपानीमा सुख्खाग्रस्त जिल्ला घोषणा गरी जिल्लालाई नेपालकै नमुना जिल्ला बनाउने घोषणा गर्नुभयो ।
नेपाल र भारत विचको सम्वन्ध घनिष्ठ रहेको उपप्रधान तथा उर्जामन्त्री टोपवहादुर रायमाझीको भनाई रहेको छ । सामाजीक, सांस्कृतीक, भौगोलिक, आर्थिक लगाएत सवै क्षेत्रमा राम्रो सम्वन्ध रहेको वताउनुभएको छ ।
उदघाटन समारोहमा बोल्दै मन्त्री रायमाझीले अहिलेको समयमा मुख्य ३ दलहरु मिलेरसहमतिको सरकार वनाएर आजको आवश्यकता भनेको सविधान कार्यन्वयन गर्ने मुख्य काम भएकोले एक आपसमा समझदारी र सहकार्य गरेर राष्ट्रिय सहमतीको सरकारको आवश्यक रहेको दावी गर्नुभयो ।
उहाँले अर्के प्रसङमा एक वर्षमा आधारभुत लोडसेडिङ, दुई वर्षमा सय प्रतिशत र दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पादन गर्ने वताउनुभयो ।
भारतीय राजदुतावासको आर्थिक सहयोगमा निमार्ण सम्पन्न जनज्योती उमावि सन्धिखर्क, शान्ती उमावि वागी र अर्घारजस्थल मावि अर्घामा उपप्रधान तथा उर्जामन्त्री टोपवहादुर रायमाझी र नेपालका लागी भारतीय राजदुत रन्जीत रायले उदघाटन गरेका छन ।
नेपाल भारत मैत्री भवन जिल्लामा ३ वटा निमार्ण भएका हुन, निमार्णमा शान्ती उमावी वागी ७५ लाख ३३ हजार, जनज्योती उमावि १ करोड ५१ लाख र अर्घारजस्थल मावि ४ करोड ९३ लाखमा सम्पन्न भवन निमार्णमा सवै भारत सरकारको सहयोग रहेको थियो ।
त्यस्तै राजदुत रायले नेपालको शिक्षा र स्वास्थ्यलाइ बढि प्राथमिकता दिइएको भएतापनी आगामी दिनमा अन्य क्षेत्रमा समेत सहयोग गर्न भारत तयार रहेको उनले बताएका छन् । नेपालमा अहिले ५३० परीयोजना भारतले सञ्चालन गरीरहेको र थप परीयोजना प्रकृयामा रहेको बताए् ।
अर्घाखाँचीमा भुतपुर्व भारतीय पेन्सनरहरुको लागी पेन्सन क्याम्प स्थापना
त्यस्तै राजदुत रायले अर्घाखाँचीमा रहेको पाणीनी बहुमुखी क्याम्पसको विकास, जिल्लाको खानेपानी, सिंचाइ र भुतपुर्व भारतीय पेन्सनरहरुको लागी पेन्सन क्याम्प स्थापनाका लागी आफुले पुर्णरुपमा सहयोग गर्ने बताएका छन् ।