वाङ्लामा विबाह गरेको १५ दिन सम्म तल्लो जात भनी घरमा भित्राउन अस्वीकृत गरेपछि युवतीले झुण्डिएर आत्महत्या गरिन्


प्रेम खड्का
वाङ्ला, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका – ५ वाङ्लाको अर्लादीकीमा एक युवतीले विबाह गरेको १५ दिन नहुँदै रुखमा झुण्डिएर आत्महत्या गरेकी छन् ।
१५ दिन अगाडि मुखिया थर भएका युवकसँग भागेर विवाह गरेकी बविता विकलाई तल्लो जात भन्दै १५ दिन सम्म पनि घरमा भित्राउन नदिदा अाइतबार साँझ घर नजिकको एक चिउरीको रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन् । बविता परियार भएकोले मुखिया केटा पक्षका परिवारले भित्राउन अस्वीकृत गर्दै आएका थिए । दुबै जनाले प्रेम विबाह गरेका थिए ।
१७ वर्षिय बविताले वाङ्लाको तिखेथुममा ८ कक्षा पास गरी ९ कक्षामा पढदै थिईन । उनले आफ्नो जात ढाटेर उक्त मुखिया केटासँग विबाह गरेको स्थानियले अर्घाखाँचीडट्कमलाई बताए । विबाह पछि केटा पक्षले घरमा भित्राउन नदिदा केटासँग सन्धिखर्कको गच्छेखोला र मावलघर डिहिडाँडा आफुले काम गर्ने ठाउँमा बसेकी थिईन् । केटाले गच्छेखोलामा बन्दै गरेको पुलमा काम गर्दै आएको बताइएको छ ।
रुखमा झुडिरहेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आत्महत्याको प्रमुख कारण खुल्न सकेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको छ ।

अन्य समाचारहरु