अर्घा भगवती विमानस्थलको उपप्रधानमन्त्री टोप बहादुर रायमाझीद्वारा शिलान्यास ( भिडियो – फोटो सहित )

अर्घा- धरमपानी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) ।  अर्घाखाँची जिल्लाको धरमपानीमा निर्माण हुन लागेको अर्घा भगवती बिमानस्थलको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नं १३ धरमपानी शिखरबार्नेमा निर्माण हुन लागेको अर्घा भगवती विमानस्थलको आज उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोप बहादुर रायमाझीले एक भब्य कार्यक्रमका बिच सिलान्यास गरेका हुन् ।
अर्घा भगवती बिमानस्थल सन्धिखर्कको चुत्राबेशीबाट २ कि.मि दुरिमा पर्दछ ।
भगवानले आफूले सोचेका सबै कुरा पु-याइदिए
बसन्त श्रेष्ठ ‘छापेली’
उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले भगवानले आफूले सोचेका सबै कुरा पु-याइदिएको बताएका छन् । कम्युनिष्ट पार्टीले भौतिकवादमा विश्वास गर्ने भएपनि उनले आफूलाई आध्यात्मिकवादमा विश्वास लाग्ने बताए । अर्घा भगवति विमानस्थलको शिलन्यास गर्दै उपप्रधानमन्त्री रायमाझीले केन्द्रदेखि जिल्लासम्मका सबै नेताले आफूलाई विश्वास गर्दा विकासका योजना पास गराउन सफल भएको बताए ।
उपप्रधानमन्त्री रायमाझीको पहलमा विमानस्थल निर्माणको कामले थालनी पाएको छ । उनले चार वर्षदेखिको मेहनतले सार्थकता पाएको भन्दै सबैको सहयोगबाट छिट्टै विमानस्थल निर्माण गर्नुपर्ने बताए । ‘विमानस्थल निर्माणको योजना पास गराउन आफैँ सामान्य कर्मचारी बनेर विभिन्न निकाय धाएँ’ उनले भने, ‘चार वर्षसम्मको प्रयासले सार्थकता पायो, धेरै खुसी छु ।’ उनले विमानस्थल निर्माण हुन नदिनका लागि ठूलै चलखेल भएको समेत बताए । ‘फाइल लुकाइलिनेदेखि अर्घाखाँचीमा विमानस्थल सम्भव छैन भन्ने खालका अभिव्यक्ति आए’ रायमाझीले भने, ‘दुःख दिने खालका गतिविधि गरेपनि म कहिल्यै पनि थाकिन ।’
उनले विमानस्थल निर्माण भएपछि जिल्लामा पर्यटन क्षेत्रले फड्को मार्ने बताए । उनले जिल्लाको नौमुरे जलविद्युत आयोजनाका लागि बजेट विनियोजन भएको भन्दै अब छिट्टै काम थालिने बताए । ‘अन्य ठूला आयोजनाका काम पनि दु्रत गतिमा हुँदैछ’ उनले भने, ‘उर्जा क्षेत्रमा प्रयाप्त बजेट विनियोजन गरिएकाले आयोजनाहरु सम्पन्न हुनेमा आशावादी छौं ।’ उनले एक वर्षमा आधारभूत, दुइवर्षमा पूर्ण रुपमा र दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पादन गरिने बताए । उपप्रधानमन्त्री रायमाझीले सरकारले भारतसँग ३ सय मेगावाट विद्युत खरिद गर्न लागेको जानकारी दिए ।
नागरिक उड्ययन प्राधिकरणका निर्देशक धु्रवदास मोहिमोयाले वातवरीणय प्रभाव मूल्याकनको फाइल स्वीकृत भइसकेकाले विमानस्थल निर्माणको काम छिट्टै सुरु गरिने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम, विमान स्थल निर्माणको पक्रियामा खटिएका समाजसेवी प्रकाश रायमाझी, जिल्ला वन अधिकृत वलिराम पण्डित, नेपाली कांग्रेसका वरिष्ठ नेता कमल भुसाल, एमालेका कार्यवहाक अध्यक्ष जीवनारायण कोइराला, नेकपा माओवादी केन्द्र जिल्ला उपाध्यक्ष ठाकुर कुमार विक, राष्ट्रिय जनमोर्चाका नेता रुद्र पराजुली, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, जिविसका हरिशचन्द्र भुसाल, शेषकान्त घिमिरे ओसन लगायतले मन्तव्य राखेका थिए ।
भिडियो, तस्बिर: फेसबूकबाट

अन्य समाचारहरु