सन्धिखर्कमा विप्लव माओवादीद्वारा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा घेराउ ( भिडियो – फोटो फिचर)


प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची । विप्लव नेतृत्वको नेकपा माओवादीले आज (विहीबार) जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा घेराउ गरेको छ ।  प्रहरीले आफ्ना कार्यकर्ताहरु पक्राउ गरेको विरोधमा जिल्ला प्रशासन कार्यालय घेराउ गरेको हो ।
घेराउसँगै  जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । शान्ति बगैचाबाट शुरु भएको विरोध प्रदर्शनले हललाइन नयाँ बसपार्क लगायतका क्षेत्रहरु परिक्रमा गरेको थियो । 
एनसेलका टावरहरुमा आक्रमण गर्ने गर्ने क्रममा विप्लव माओवादीका दर्जनौं कार्यकर्ताहरु पक्राउ परेका थिए ।
नारा जुलुस सहितको घेराउ कार्यक्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने विप्लव माओवादी जिल्ला नेताहरुले चेतावनी दिएका थिए ।

अन्य समाचारहरु