पाँच हजार ऋण फिर्ता नदिएको झोकमा अपहरण
परेका १२ वर्षीय बालक दिलवर मियाँलाई अपहरण भएको १३ घण्टामा प्रहरीले भारतबाट
उद्धार गरेको छ ।
सुनसरीको
मधेली २ स्थित मुसलमान बस्तीका ज्यामुल मियााका
छोरा दिलवर मियाँलाई ५ हजार नगद फिर्ता नदिएको आवेगमा नातामा साडु भाइ पर्ने
रिजमान अन्सारी र अलावदिन मियाँले मिलेर शुक्रबार बिहान ९ बजे अपहरण गरेका थिए ।
इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिव पोखरेल नेतृत्वको टोलीले
अपहरणमा परेका बालकलाई भारतको फुलकाहाबाट सकुशल अपहरण मुक्त गराएका हुन् ।
प्रहरी निरिक्षक
पोखरेलका अनुसार भारत बिहारको फुलकाहाबाट राती १० बजे अपहरित बालक अपहरण मुक्त
गरिएको हो । रिजमानलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय दुहबी ल्याइएको छ । भारत
विहारको फुलकाहामा मोहमद फिदा हुसेनको घरमा बालकलाई बन्धक बनाएर राखिएको अवस्थामा
बन्धक मुक्त गरिएको हो ।
अपहरणमा
संलग्न अर्का अलावदिन मियाँ भने फरारा छन् । प्रहरी निरीक्षक पोखरेलको टोलीले
बन्धक बनाएको स्थानसम्म पुगेर अपहरण मुक्त गरेका हुन् । अपहरणमा परेका मियाँलाई
मोहमद फिदा हुसेनको घरमा मुख छोपी, हात बाधेर
राखेको अवस्थामा फेला पारिएको प्रहरी निरिक्षक पोखरेलले बताए ।
आइतबार
अपहरण तथा शरिर बन्धक मुद्दा दर्ता गरिने निरक्षिक पोखरेलले जनाकारी दिए । अपहरणमा
परेका १२ वर्षीय बालक दिलवर मियाँलाई परिवारको जिम्मा लगाइएको छ । कान्तिपुरले खबर छापेको छ ।