नवलपरासीको सुस्तामा भारतीय पक्षले अवरोध गरेपछि नारायणी नदीको कटान रोक्न बनाइदै गरिएको तटबन्धको कार्य रोकिएको छ ।
आठ करोडको लागतमा निर्माणाधिन तटबन्धको भारतीय एसएसबीका सुरक्षाकर्मी आएर अवरोध गरेको सुस्ता बचाउ अभियानका अभियन्ता गोपाल गुरुङले जानकारी दिए ।
उनीहरुले भारतीय भूमिमा काम गरेको भन्दै धम्की दिने गरेको पनि गुरुङले बताए । जनताको तटबन्ध अन्तर्गत सुस्तामा तटबन्ध निर्माण गरिन लागेको हो ।
यसैगरी पक्लिहवादेखि सुस्ता जोड्ने झोलुङ्गे पुल निर्माण कार्य पनि भइरहेको छ । सीमांकन भएको एक मिटर टाढाबाट तटबन्ध बनाइदै गरिएको भएपनि निर्माणका लागि ल्याईने सामग्री र अरु काममा बेलाबेलामा अवरोध गर्ने गरेको स्थानीयको गुनासो छ । इमेजखबरमा समाचार छ ।