ताइवानमा आँधीमा परी दुईजनाको मृत्यु, ६६ जना घाइते

ताइवानमा आँधीमा परी दुईजनाको मृत्यु भएको छ भने अरु ६६ जना घाइते भएका छन् ।
‘नेपारतक’ नामक आँधीका कारण राजधानी ताइपेयीलगायत अरु सहरका १५ हजार घर-परिवार विस्थापित भएका छन् । आँधीका कारण हवाई र यातायात सेवासमेत अवरुद्ध बनेका छन् ।
भारी वर्षापछि आएको आँधी विस्तारै चीनको फुजियान प्रान्ततर्फ अघि सरेको त्यहाँका मौसमविद्हरुले जनाएका छन् ।
उद्धारका लागि हजारौंको संख्यामा सेना र प्रहरी परिचालन गरिएको छ ।
आँधीका कारण घरबारविहीन बनेकाहरुलाई उचित व्यवस्थापन गरिनुका साथै राहतको पनि व्यवस्था गरिएको ताइवान सरकारले जनाएको छ । (एजेन्सी)