गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची । दुवै मृगौला फेल भई उपचारका लागी रहेका अर्घाखाँची सन्धिखर्क नगरपालिका ११ का विकास शाहीलाई ईजराजलमा जागिर गरिरहेका युवाहरुले आर्थिक सहयोग गरेका छन् ।
अर्घा बेलटारीका युवराज थापाको पहलामा मानव अंग प्रत्यारोपण अपस्ताल भत्तपुरमा उपचार गराईरहेका शाहीलाई इजराईलबाट ४ लाख ४० हजार ९ सय ९५ रुपैयाँ थापाकी आमा कृष्णकुमारी थापा मार्फत उनका आफन्तलाई हस्तातरण गरेका हुन् ।
विदेशमा रहेपनि पैसाको अभावमा मृत्यु हुनबाट जोगाउनको लागी आफनो तलवको भाग काटेर युवाहरु रुपैयाँ सहयोग गरेका हुन् । विदेशमा बसेका नेपाली अन्य युवाहरुबाट समेत आर्थिक उठाएर उनिहरुले नेपालमा पठाएका हुन् । उनको खर्च १२ लाखँ लाग्ने परिवारजनले जनाएको छ । अन्य विभिन्न स्थानबाट पनि रकम उठिरहेको जनाईएको छ ।