रातको प्रहर छिप्पिए पछि 40-५० जनाको मानिस हरु को हात हतियार सहित को जत्थाले घर घेर्यो । एकले आदेश दियो “ढोका फोरि दे”। भित्र बाट आवाज आउछ “को आउनु भयो यति राति ?” शायद रात को पाहुना होला भनेर ढोका खोल्न पुग्छन्।
एकले सोध्छ ” तेरो नाम के ?” सरल उत्तर “राममणि ज्ञवाली” । अर्को ले भन्यो ” यहि हो हजुर यहि हो, मैले चिनेको छु। “
“बाध यसलाई बाध यहि मैनी खावाँमा नाङगै बनाएर बाध” एकले आदेश दियो। बाझले कुखुरालाई झम्टीय गुरिल्लाहरूले, मदानीमा डोरि बेरे जस्तै बेरिदिए मैनी खावाँमा। राम भन्दै थिए ” मैले के गल्ति गरेको थिए र , मलाई यसो गर्दै हुनुहुन्छ ?”
‘प्रस्न गर्छ साला कुत्ता हामी संग, मुखै लाग्ने’ भन्दै अर्कोले मुखमा मा टेप लगाइदियो।
“बोल्छस साला कुत्ता, हामी क्रान्तिकारी को बिरोध गरेर हिड्ने तै होइनस ” अर्को कड्कियो । “यसलाई टुक्रा टुक्रा पारेर मर्नु पर्छ ” अर्को ले आदेश दियो । “काटी दे यसका हात हरु” अर्को ले आदेश दियो।
अर्को खुकुरी लियर ति नरम पाखुराहरूमा हान्न थाल्यो।
रगत का पिचकारीहरूले उसको मुख र शरिर भरि हानी रहेको थियो । कठै मेरो मामा ऐया भनेर कराउन पनि पाउनु भएन। उसले हानी रयो, हानी रयो धेरै पटकको प्रयत्न पछि हात छिनाली दियो।
छोड लाठे म छिन्छु यसको अर्को हात अर्को तम्सियो । लाग्थ्यो उनीहरु मानिस काटमार गर्ने खेल खेलिरहेछन। 4-५ पटक को लगातार प्रहार पछि दोश्रो हात पनि छिनालियो।
राम को स्थिति बर्णन गर्ने म संग कुनै सब्दै छैन, न त शाहस नै , न त म कल्पनै गर्न सक्छु। मेरा लेख्ने ओलाहरू लरखराइ रहेका छन्, सोच्ने मष्तिक धमिलिएको छ। दुई हात काटिएको रक्त्याम पिडाले छटपटाई रहेको जिउदो मानव ! बिबस, निषाहय , मृत्यु को भिख मागिरहेको मानव , न त रुन सक्छ न त् कराउन ।
जिउदो मानब माथि गिद्द र स्यालले सिनो झम्टिए जस्तै जम्टिरहेका थिए।
यत्तीकैमा अर्कोले भन्यो “यसको कान पनि कति दे” अर्को गुरिल्ला बुच्चड तम्सियो र दुवै कान रेटिदियो र भूइमा फालिदियो।
शरिर सम्प्रुर्ण रगताम्य भैसकेको थियो ।मृत्रु पनि भनेको बेला मा नआउदो रहेछ, मृतुले पनि उनीहरु को साथ दिइरहेको थियो ।
यस्तो दर्दनाक स्थितिमा अर्को गुरिल्ला कुर्लियो , यसलाइ चिरि मार्नु पर्छ , नभन्दै एउटा तम्सियो र धारिलो चक्कु ले त्यो कोमल अनुहार चिराचिरा पारिदियो।
क्रुरता ले सिमा नाघी सकेको थियो, त्याहा क्रुरताको प्रतिस्पर्धी खेल खेलिदै थियो , निसाहय विवश मानब माथी। अर्को कुर्लियो “यसको खुट्टा पनि गेडिदे” यो क्रुरताको दानविय खेल त्यती बेला सम्म खेलियो, जब सम्म उसको शरिरमा श्वाश थियो।
गाऊको मध्यम ठुलो परिवारमा जन्मीएको म खान लाउन ठिकठाक पुगे पनि पैसा हात पार्न दशै नै कुर्नु पर्थ्यो , अझै केटाकेटी अवस्थामा। चाडवाड कहिले आउला र रातो नोठ (रु ५ ) हात मा पर्ला भनि बर्षौ कुर्नु पर्थ्यो , अझै केटा मान्छे लाई लाई त मामा घर बाहेक अर्को विकल्प थिएन । मामा घर जानु तेती सजिलो थिएन । मामा घर नै यहाँ आउनु पर्थ्यो।
बल्कोट अर्घाखाची बाट माडी पाल्पा सम्म करिब २ दिन को हिडी राम आफ्नो ठुलो दिदीको हात बाट भाइ टिका थाप्न कहिल्यै भुल्नु हुदैनथ्यो। जहाँ भए पनि टुपुक्क आइ पुग्ने उदाहरणीय माया प्रेम थियो दिदिभाइको।
भाई टिका दिदी भाई को भए पनि जाने बेला मा रातो नोट हाम्रो हात मा दिन कहिल्यै भुल्नु भएन । त्यो रातो नोठ को मुल्य बच्चामा कती हुन्छ र थियो भन्न कुरा आज पनि जल्जदै सम्झना छ ।सधै तिहार आयो कि त्यो रातो नोठ र मामा को झझल्को सधै सधै आइरहन्छ। म सानो हुदा मामाको पछि लागि लागि हात समाएर बल्कोट बाट चुत्राबेसी 4-५ घण्टा लगाएर गएको र खुट्टामा परेको फोरा भन्दा मामाको हात समाएर हिड्नु को मजा नै अर्को थियो ।
म सानो ब्यबसाय गरि तानसेन बस पार्क नजिकै बस्ने गर्थे । मामा जादा आउदा सधै पस्ने गर्नु हुन्थ्यो , कहिल्यै बाटो काट्नु भएन । मामा लाई राम्ररी थाहा थियो, भान्जा ब्यस्त हुछन् भन्ने त्यसैले एक गिलास पानी वा चिया खाने निहुमा सन्चो बिसन्चो भलाकुसारी सधै हुने गर्थ्यो ।
एक दिन एक्कासी काठमाडौँ बाट आउनु भयो र मलाई घर जान एक टिकेट बुक गरि दिन भन्नु भयो । तानसेन बाट तम्गासको टिकेट बुक गर्न तेती सजिलो थिएन । भन सुन गर्नु पर्ने । मैले भने ” मामा अहिले घर न्गए हुदैन, देशको अवस्था यस्तो छ , हजुरलाई थाहैछ ।” मामा ले भन्नु भयो ” हेर भान्जा मर्नु त एक दिन पर्छ पर्छ , कति दिन सम्म यीनीहरू संग डराएर भाग्ने, म आफ्नो घर जान पनि नहुने, कति गाउले र जिल्ला बासी ले मेरो बाटो हेरि बसेका छन् , कति को काम गरि दिनु छ । फेरी मैले के नै गल्ति गरेको छु र को संग डराउनु।” निडर, हक्की, सरल र सहयोगी स्वाभावको बच्चा, युवा देखी बुढापाका सबै संग सजिलै मिल्न सक्ने मिलनसार मानिस । सामाजिक भावना भएको र ब्यबहारमा पनि सजिलै उतार्न सक्ने , जिल्ला बासी सबैको भलो चाहने मानिस कसै संग डराउनु पर्ने कारण मैले पनि केही देखिन । सबै परिवारको तर्फ बाट मामालाई बस चढाई अन्तिम बिदाई गर्ने अभागी भान्जा म नै थिए।
हाल सम्म मैले भेटेका मनिस ले मामा को प्रसंशा नगरेको आज सम्म पाएको छैन । म आफैलाई राम मणि ज्ञवालीको भान्जा भन्दा गर्भ गर्ने गर्थे, गर्छु र गर्नेछु ।
क्षप्त बिक्ष्यप्त छरिएर रहेका रगत्याम शरिरका अंगहरू एक एक गरि बोरामा जम्मा पार्दा परिवार को मन कस्तो भयो होला । सधै भरि दहि र मोही ले रंगिने मधेनी खाबो र मझेरी आज आफ्नै श्रीमान को रातो रगत ले पोतिएको देख्दा कति पटक अचेत हुनु भयो होला मेरी माइजू। शरिरका टुक्राहरु एक एक मिलाएर घाटमा जलाउन लाग्दा हात काँपी कति पटक भूइमा झर्यो होला दागबत्ती छोराको हात बाट ! आफ्नो प्यारो बाबु न्यानो माया गुमाउनु र टुहुरो हुनुको पिडामा कति चोटी बेहोस भए होलो छोरीहरू ! आफुहरु लाई सुमसुमाएर आड,भरोशा र सल्लाह दिएका हातहरु शरिरमा न देख्दा कस्तो भयो होला भाई हरु लाई ! सधै भरि शत्रुहरु नास हुन् भन्दै शुभाशिश दिदै भाइ टिका लगाउने चिराचिरा परेको निधार देख्दा कसरि समालिए होला दिदि बैनी हरु ? सधै सबैको भलो र सहयोग गर्न तत्पर रहने मेलमिलापको सागर आफन्त गुमाउदा कति पिडा सहे होला आफन्तले।
यस्तो बर्बर यातना र क्रुरता को मृतु सधै भरि समाज सेवा को लागि दौडिरहने खुट्टाहरु नखेख्दा कसरी समालिए होला गाउले हरु ! यस्तो बर्बर यातना र क्रुरता को मृतु देख्दा यमराजलाई पनि दया लाग्यो होला ।
यदि हाही घटना हाम्रा पार्टी को नेताहरु को परिवारमा घटेको भए के उनीहरू चुप लागेर बस्न सक्थे ? यदि यहि घटना तपाई को परिवार मा घटेको भए ? आज मेरो मामा जस्ता हजारै निरपराध जनताको रगतलाई मसि बनाएर आ-आफ्नो स्वार्थको लागि र तिनै अपराधी संग कुम मिलाएर राज गर्न १६ बुदे सहि छाप गर्ने सबै नेता र पार्टी हरु अपराधी हुन् ! आदेश दिने, अपराध गर्ने र अपराधी लाई समंरक्षण गर्ने राज्यको लागी सबै नै अपराधी हुन् । जुन राज्यले अपराधी लाई सजाय दिन सक्दैन त्यस राज्य लाई स्वतन्त्र राज्य भन्न सकिदैन ।
यो न्याय हराएको देश हो ! यहाँ गणतन्त्र, संघियता , क्षेत्रियता र जातियता को नाम मा जनता लाई लड़ाएर सिंगो राष्ट्र र जनता लाई हाम्रा नेता हरु ले गिद्द र स्यालले जस्तै चिथरीरहेका छन् । यहाँ नेता र पार्टी को निहित स्वार्थ को लागि कर्मचारी , पुलिस,सेना , न्यायालय र देश किन बेच गरिएको छ । यहाँ भएका पार्टी को सिध्दान्त,नीति , कार्यकम केवल जनतालाई छारो हाल्ने मात्र भएका छन् ।
मेरो मामा जस्तै सोझा,साझा जनता मार्ने, संबिधान र कानुन भएर पनि अन्धो केहिँ गर्न नसक्नेलाई कसरि कार्यपालिका र न्यायपालिका भन्न सक्छौ ! जहाँ जनताको सुरक्षा र न्याय सरकार ले गर्न सक्दैन त्यो भूगोल लाई कसरि स्वतन्त्र देश भन्न सक्छौ ! जहाँ क्रान्ति को नाममा दिनहु जनता मरिरहन्छन, जहाँ देश को भूगोल ले बढीमा ३/४ पार्टी भन्दा थेग्न नसक्ने देशमा १७२ पार्टी दर्ता गर्ने निर्बाचन आयोगलाई के भन्ने ? आज पनि 50-५२ पार्टीले दिनहु क्रान्ति को नाम मा जनता लडाउछ, मार्छन् र नेताहरुले लासको मुल्य माग्छन् र राज्यले खुरु खुरु भरि दिन्छ ! कठै मेरो देश !
बस हामी देशको नाममा कर बुझाई टुलुटुलु हेरी बसेका छैा। तर म यी नेता लाई नेपाल राज्यले अपराधी नठाने पनि , सजाय नदिए पनि मेरो अदालतका अपराधी हुन्, म एक दिन यमराज को अदालतमा अबश्य उभ्याउने छु । यीनीहरु र यीनीहरुको परिवारले कहिल्यै शुख शान्ती पाउने छैनन।