खाँचीकोटमा चुन ढुंगा उत्खनन गरिएको खानी क्षेत्रमा वृक्षारोपण

प्रेम आचार्य 
खाँचीकोट, अर्घाखाँची  । अर्घाखाँची खाँचीकोटमा चुन ढुंगा उत्खनन गरिएको खानी क्षेत्रमा वृक्षारोपण गरिएको छ । 
चुनढुंगा उत्खनन गर्दा पर्ने वातावरणीय असर र काटिएका रुखहरुको प्रतिस्थापन गर्न वृक्षारोपण गरेको खाँचीकोटका प्रितम थापाले बताउनुभयो । स्थानीयबासिन्दा र अर्घाखाँची सिमेन्टको आयोजनामा वृक्षारोपण गरिएको हो । 
चुनढुंगा उत्खनन गर्ने क्षेत्रमा पर्ने वातावरणीय असन्तुलनलाई कम गर्न हरेक वर्ष जस्तै यो वर्ष पनि खानी प्रभावित क्षेत्रमा वृक्षारोपण गरिएको अर्घाखाँची सिमेन्टका महाप्रबन्धक महेन्द्र रावलले बताउनुभयो । 
अर्घाखाँची सिमेन्टले खाँचीकोटबाट चुनढुंगा उत्खनन गरि भैरहवामा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

अन्य समाचारहरु