सन्धिखर्कमा प्राईम लाईफ इन्स्योरेन्सद्धारा साढे ६ लाख बिमाको रकम भुक्तानी

 घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची असार २६ । अर्घाखाँची जिल्ला गोखुङगा गाविस हाल सन्धिखर्क नगरपालीका २  निवासी खिम वहादुर पुनले  प्राईम लाईफ इन्स्योरेन्स कम्पनीमा स्वयंम आफनोे जिवन विमा गरेका थिए । 
करिव एक महिना अगाडि मृत्यु भए पश्चात निज खिम वहादुर पुनकी श्रीमती थमकला पुनले  भुक्तानीको लागी कम्पनीमा निवेदन दिएकी थिए । कम्पनीको नियम अनुसार साढे ६ लाखको चेक एक कार्यक्रम गरि हस्तान्तरण प्राईम लाईफ इन्स्योरेन्स सन्धिखर्कमा गरिएको हो । 
 
  प्राईम लाईफ इन्स्योरेन्स अर्घाखाँची शाखा प्रमुख नारायण घिमिरेले  जिवन विमाले छिटो र सरल तरिकाले भुक्तानी दिने गरेकोले जिवन विमाप्रती सवैको विश्वास समेत वढेको वताउनुभयो । 
world news

अन्य समाचारहरु