जुकेनावाँसीको तर्फवाट लेखियो जिल्ला शिक्षा कार्यालयलाई खुल्ला पत्र

श्री शुधा उच्च माबि
 अर्घाखाँची डटकम् संवाददाता
जुकेना, अर्घाखाँची २०७३ असार २७ सोमवार । आज को २१ औ शताब्दीमा जहाँ शिक्षा, ज्ञान, बिज्ञान र प्रबिधीको खाचो मानब जातिलाई अक्सिजन जस्तो बन्दै गएको छ त्यस्तै अवस्थामा बिभिन्न कारणहरु बताउदै अर्घाखाँची जिल्ला जुकेन स्थिती श्री शुधा उच्च माबिमा पठनपाठ गर्ने बिद्यार्थी भाई बहिनीहरु को भबिस्य प्रती स्कुल, बिधालय ब्यबस्थापना समिती, अभिभाबक संघ लामो समय देखी मौन अवस्थामा रहेको छ।
बिधालय को लेखा समितीले बिद्यार्थी बाट बेल्ट, टाई जस्ता सामाग्री हरु खरिद गर्न को लागि अनिमियता का शुल्क उठाएको र अहिले सम्म पनि पारदर्शी हिसाबले बुझाउन नसकेको कारण मुख्य रहेको छ। पटक पटक समय अबधी तोक्दै स्कुलमा पठन पाठन र बन्द हुने कार्य निरनतर हुँदा समेत कुनै पनि समिती, शिक्षक, जिल्ला शिक्षा कार्यालय ले ठोस् निर्णय लिन नसक्नुको कारण सयौ बिद्यार्थीहरु को भबिस्य अन्यौलमा परेको छ।
२०७२ सालमा बिधालय ब्याबस्थापन समिती राजनीति दल बिच विद्यार्थीलाई टाइबेल्ट खरिद को लागि विद्यार्थीहरुबाट रकम संकलन गरिएको थियो। उक्त रकमबाट टाइ बेल्ट खरीद गरी बाँकी भएको रकम विद्यालयको भौतिक संरचनामा खर्च गर्ने सहमति भएको तथ्य विद्यार्थीहरुले बताउँदै आएका छन भने खरिद पछि विद्यार्थीहरुले टाइबेल्ट्मा कति खर्च भयो र कति बचत भयो सार्वजनिक गरियोस भनी खोजी गर्दा बिधालय प्रधानाध्यापक कुलबिक्रम खनालले २०७२ मङ्सिर २५ गते सार्बजनिक गर्ने आश्वासन दिएको तर खनाल मङ्सिर २५ गते बिहानै बिधालय बाट हिडेको विद्यार्थीले बताएका छ्न ।यस घटनालाई लिएर विद्यार्थीहरुले मङ्सिर २७ गतेबाट बिधालयमा आर्थिक अनियमितता भएको आशङ्कामा तालाबन्दी गरेको बिद्यार्थीले बताएका छ्न ।
खनालले आफू अबकास भएको भन्दै बिधालयबाट हिडेको र बिधालय थप सङ्कटमा परेको सम्पूर्णलाई जानकारी भएकै कुरा हो । बिधालयमा तालाबन्दी भएको छ महिना पछि नयाँ प्रधानाध्यापक भोजराज आचार्यले बैशाख ३० गते बिद्यार्थी, स्थानीय बासिन्दा, राजनीति दल, बिद्यालय ब्यबस्थापन समितिबीच जेठ मसान्तसम्म लेखापरीक्षण गरी सार्वजनिक गर्ने सर्तमा बिधालय खुलेको र अहिले सम्म लेखापरीक्षण नै नभएको जानकारी आएको छ।
नागरिकको सूचना को हक र संविधानले दिएको शिक्षा समन्धी हकको संरक्षण गर्नु यहाँको कर्तव्य भित्रै पर्छ, होइन र? दोषीलाई कारवाही गरी तत्कालै लेखापरीक्षण गरी आय ब्यय तत्कालै सार्वजनिक गर्ने ब्यवस्था गराउनु हुन हामी अनुरोध गर्दछौं। हुन त समन्धित बिधालय ब्यबस्थापन समितिले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने हो तर निहित राजनीतिक स्वार्थमा रुमलिएका व्यवस्थापन समितिका सदस्यहरु र स्थानीय राजनितिक दलका चरम लापरवाही र घृणित स्वार्थका कारण भबिश्यका कर्णधार तयरा गर्ने पवित्र स्थलमा कहिले विद्यालय महिनौ बन्द गर्ने त कहिले चरम आर्थिक अपारदर्शिताबाट विद्यालय गुज्रेको अवस्था विद्यमान छ। विद्यालय ब्यबस्थापन समिति र स्थानीय राजनीति दलहरुको चरम लापरवाहीको अन्त्य गर्न विभिन्न आवाजहरु मिडिया तथा पत्रपत्रिकामा प्रकाशित गरी तथा फोन सम्पर्कबाट पटकपटक अनुरोध गरिरहेका छौ तर यस विषयलाई बेवास्ता गर्दा करिब ६०० विद्यार्थीको भबिस्य अन्योलमा परेको छ ।
यस परिप्रेक्षमा जिल्लाभरको समस्त शैक्षिक गुणस्तरको अभिभारा लिनुभएका यहाँलाई हामी सात समुन्द्र पारी बिदेशी मरुभुमीमा रगत पसिना र आँसू बगाउन बाध्य पूर्व विद्यार्थीहरुले लेखेको यो खुल्ला पत्रलाई गम्भिरतापूर्वक लिई तत्काल सम्बन्धित पक्षलाई कारवाहीको दायरामा ल्याउनु हुन र नागरिकहरुको सुचनाको हक र गुणस्तरीय शिक्षा पाउने हकको संरक्षण गर्ने ब्यवस्था गर्न बिनम्र अनुरोध गर्दछौ । युबराज पौडेल मलेशिया, पिताम्बर पान्डे मलेसिया तुल्सिराम भन्डारी अर्फिका भुवन पौडेल,नारायण पौडेल,राहुल पौडेल भारत,दामोदर पौडेल भारत,दुर्गा प्रसाद पौडेल मलेसियावाट लेखिएको खुला पत्रमार्फत सरोकारवालाको ध्यानाकर्षण गराएका छन ।
यो समयमा यस बिधालय ब्यबस्थापन समितिका अध्यक्ष नारायण बेल्बासे,शिक्षक अभिभावक संघका अध्यक्ष सुरजलाल पौडेल,बिधालयका तत्कालीन प्रधानाध्यापक कुल बिक्रम खनाल,वर्तमान प्रचार्यको भोजराज आचार्य,विद्यार्थी नेता माधब बेल्बासे,बिष्णु पौडेलको विद्यालय प्रती जिम्मेवार नरहेकै कारण झण्डै एकवर्ष देखी सयौँ विद्यार्थीको भविष्यमाथी चरम खेलवाड गरिएको छ ।

अन्य समाचारहरु