श्याम घिमिरे
ढाकावाङ्ग, अर्घाखाँची । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय बैकल्पिक सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष एवम नेकपा मसालका पार्टी सदस्य जित बहादुर राना (प्रतीक)को निधन भएको छ ।
एक्कासि स्वास्थ्यमा समस्या आएपछि मेडिकल कलेज भैरहवामा उपचार गराइरहेका प्रतीकको ६७ बर्षको उमेरमा असार २६ गते दु:खद निधन भएको हो ।
ढाकावाङ्ग – ६ राजिमेमा जन्मेर राष्ट्रिय जनमोर्चामा आबद्ध भई राजनीतिक क्षेत्रमा लाग्नु भएका रानाले सामाजिक सेवामा जिबनको लामो समय ब्यतित गर्नुभएको थियोे ।
जिल्ला बचत तथा ऋण सहकारी संघ अर्घाखाँचीका उपाध्यक्ष समेत रहनुभएका रानाको पार्थिब शरीरमा राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी.ले कम्युनिष्टको पार्टीको झन्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियोे ।
राष्ट्रिय जनमोर्चाले आयोजना गरेको श्रद्धाञ्जली शभामा शोक मन्तव्य राख्दै रा.ज.मो.केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झबिलाल थापाले नेता रानाको निधनले पार्टी लाई मात्र नभइ सिङ्गो जिल्लाई समेत ठूलो क्षती पुगेको भन्दै उहाँले राजनीतिक एवम सामाजीक क्षेत्रमा पु-याएको योगदानको प्रसंशा गर्नुभएको थियोे ।
नेता रानालाई रा.ज.मो.नेता सागर के.सी., जिल्ला उपाध्यक्ष पशुपति ढकाल,सचिबालय सदस्य गोबिन्द बि.सी.अखिल नेपाल जनजाति सम्मेलन का केन्द्रिय सदस्य अम्मरध्वज राना, केन्द्रिय सदस्य उषा पुन, जिल्ला उपाध्यक्ष जनक पुन, नेकपा माओवादी केन्द्रका प्रतिनिधि काँस बहादुर गमाल, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कल्पना पोख्रेल, अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कबिराम खनाल , रक्तिम सास्कृतिक अभियान का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष जिबन पुन,प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम प्रकाश घिमिरे,जिल्ला बचत तथा ऋण सहकारी संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसाल र त्रिबेणी बचत तथा ऋण सहकारी सस्थाका सचिव तुल्सीराम खनाल लगाएतले अन्तीम श्रद्धाञ्जली दिनुभएको थियोे ।
कार्यक्रम खड्क बहादुर थापाको सन्चालनमा सम्पन्न भएको थियो ।