झाँगिदै नरपानीको आन्दोलन, प्रहरीद्वारा दर्जनौ गिरफ्तारी, आन्दोलन अझ सशक्त हुने संकेत

विनोद गैरे
नरपानी, अर्घाखाँची ।  नर्तनालच पर्वत क्षेत्रको दीगो विकासको सम्भावना हुँदा हुँदै त्यसको संभाव्यताको अध्ययन नै नगरी विकासका नाममा २०५५ सालमा अनुमति दिई २०६२ सालबाट अर्घाखाँची सिमेन्ट प्रा.लि.मार्फत् नरपानीमा चुनढुड्डा उत्खनन् कार्य शुरु भए देखि नै सघर्षका कार्यक्रमहरु सर्बजनिक गर्दै आईरहेको नरपानी चुनढुङ्गा रोक्का सघर्ष समितिले चरणबद्ध आन्दोलको आदीबेहरी सिर्जना गरेपश्चात २०६८ कार्तिक १८ गते देखि पूर्ण रुपले बन्द अवस्थामा रहेको उत्खनन् कार्य पुनः सुचारु गर्न नेपाल सरकारले निर्देशन दिएपछि संघष समितिले पुनः संघर्षका कार्यक्रमहरु सार्बसनिक गरि आन्दोलनको मैदानमा उत्रिएको छ । 
आन्दोदलनको पहिलो चरण शान्तिपूर्ण धर्नामा बसेका नरपानी सर्बसाधारण जनताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार यमलाल पोख्रेल, राप्ती-लुम्बिनी क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी.,राष्ट्रिय जनमोर्चा सन्धिखर्क ७ का अध्यक्ष पुर्ण बहादुर चुदाली उत्खनन रोक्का संघर्ष समितिका अध्यक्ष पिताम्बर खासु,सचिब पृतम के.सी.लगायतका दर्जनौलाई प्रहरीले गिरफ्तार गरेको थियो । आफ्ना आन्दोलनका सहयोद्धालाई प्रहरीले गिरफ्तार गरेको भन्दै नरपानी केहि समय तनाव ग्रस्त वन्यो ।
 आन्दोलन कारीले जनताको न्यायपूर्ण आन्दोनमा प्रहरीद्वारा वल प्रयोग गरी गिरफ्तार गरेको भन्दै नरपानीमा चक्का जाम गरेका थिए । सघर्ष समितिले नरपानीको चुनढुङ्ग उत्खनन्ले नरपानी खाँचीकोटको मात्र होइन सिङ्गो जिल्लालाई नै नकारात्मक प्रभाव पारेको भन्दै आईरहेको छ । स्थानिय वासिन्दाहरुले वस्तीहरुसँग खानीक्षेत्र जोडिएकोले आम स्थानीय वासिन्दाहरुको स्वस्थ्यमा दिनानुदिन प्रतिकुल असर परेको, आर्थिक मेरुदण्डका रुपमा रहेको कृषि र पशुपालन क्षेत्र चौपट भएको, सो क्षेत्रमा रहेका अधिकाम्स खानेपानीका मूहानहरु सुकिसका कारणले गम्भीर जलसंकट पैदा भएको, वनजंगल मरुभूमीमा परिणत भएको, पशु आहार र उर्जाका लागि छिमेकी वनजंगलमा चाप बढेकोले बाकी वनजंगल पनि विनास हुदै गएका, खानीबाट उड्ने धुलोका कारण अन्न उत्पादन समेत घटेको, उत्खनन् गर्ने यन्त्रबाट रातदिन उत्पन्न हुने ध्वनि प्रदुषणले शिशु, स्कूले बालबालिका र वृद्धवृद्धालाई समेत नकारात्मक प्रभाव पारेको त्यसका साथै प्रसिद्ध सुपादेउराली मन्दिरमा आउने स्वदशी विदेशी पर्यटकहरुलाई पनि प्रतिकूल प्रभाव पारेकोले खानी सदाको लागि वन्द गर्न माग गरिरहेका छन् ।
world news
यशैविच ने.क.पा.(मसाल)का महामंत्री मोहन विक्रम शिहंले वक्तव्य जारी गर्दै निन्दा एवं भत्सना गर्नु भएको छ विज्ञप्तीमा भनिएको छ बल प्रयोगरी जनताको न्यायपूर्ण आन्दोलनलाई दवाउने कार्यको हाम्रो पार्टीले जोडदार विरोध गर्दै त्यस प्रकारको दमन नरोकिएमा त्यसका विरुद्ध अरु उच्चस्तरको र व्यापक आन्दोलन अगाडि बढ्ने चेतावनी दिइएको छ । त्यस्तै ने.क.पा.(मसाल)अर्घाखाँचीका प्रबक्ता थम्मन के.सी.र राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष झबिलाल थापाद्वारा हस्ताक्षरित छुट्छाछुट्टै बिज्ञप्तीमा नर्तनान्चल पहाड जस्ता राष्ट्रिय धरोहर साथै सम्पति संरक्षण गर्न बसेका धर्नाकारीलाई गरिएको गिरफ्तार कायरतापुर्ण र निन्दनीय भएको बताएको छ । बिज्ञप्तीमा जायज माग राखेर जनताले गरेको आन्दोलनलाई कुनै पनि हालतमा राज्यले रोकेर नरोकिने बरु आन्दोलनमा अझै उर्जा मिल्ने भन्दै उत्खनन रोक्न ने.क.पा.(मसाल) र राष्ट्रिय जनमोर्चाले जनताको न्याय पूर्ण आन्दोलनमा पुर्ण रुपमा सहयोग साथै सर्मथन गर्ने बताइएको छ । त्यस्तै ने.क.पा.माओवादी (बिप्लब) अर्घाखाँचीले पनि बिज्ञप्ती निकालेर घटनाको घोर निन्दा एंव भर्त्सना गरेको छ।

अन्य समाचारहरु