प्रेम खड्का
बागी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको बागीमा एक महिलाले विबाह गरेको एक वर्ष नपुग्दै झुण्डिएर आत्महत्या गरेकी छन् ।
बागी – ४ सल्याधाराको फुलमती नेपालीले चुन्नीको पासोमा झुण्डिएर आफ्नै माईतीघरमा नै आत्महत्या गरेकी हुन् ।
फुलमतीले एक वर्ष अगाडि मात्र प्रेम विबाह गरेकी थिईन् । श्रीमान रोजगारीमा गएको बेला आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण खुल्न सकेको छैन ।