नेपालकै प्रसिद्ध सिद्धेश्वर शिबालय भक्तिटोला चुत्राबेसीमा साउने मेला सुरु (तस्बिर सहित)

प्रेमनारायण आचार्य
चुत्राबेसी, अर्घाखाँची ३ साउन  ।  अर्घाखाँचीमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल सिद्धेश्वर शिबालय मन्दिर भक्तिटोला चुत्राबेसीमा  आज सोमबार देखि एक महिना धार्मिक साउने मेला शुरु भएको छ । धार्मिक मेलामा हजारौ भत्तक्तजनहरुको उपस्थिति रहने छ ।
    आज देखि सुरु भएको साउने मेलाको सुरुको दिन आज सोमबार बिहान चुत्राबेसीको भक्तिटोलामा रहेको सिद्धेश्र सिबालय मन्दिरबाट सुरु भएको कलश यात्रा चुत्राबेसी र सनिधखर्क बजारका बिभिन्न भाग परिक्रमा गर्दै सन्धिखर्कमा रहेको शिबालय मन्दिरमा पुगेको थियो । कलश यात्रा सहित भजन तथा नाचगान समेत गरिएको थियो । 
 त्यस मन्दिरमा  रहेको धधारोमा बिभिन्न तीर्थहरुको  जल रहेको हुनाले त्यसबाट जल लगि बोल बम भन्दै बजारका बिभिन्न भाग परिक्रमा गरि सिद्धेश्वर सिबालय मन्दिरमा रहेको स्फटिकको शिबलिंगमा अर्पण गरिएको मन्दिरका पुजारी भेसराज चुदालीले बताए ।  
   ऐतिहासिक , धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल सिद्धेश्वर शिबालय मन्दिरमा  स्फटिकको शिबलिंग राखि दैनिक बैदिक बिधि पुर्बक पुजा आजा गरिदै आएको छ   । स्फटिकको शिबलिंग भएको शिब मन्दिर नेपालकै इतिहासमा पहिलो भएको मन्दिर ब्यबस्थापन समितिका दुर्गा श्रेठले बताएका छन । 
   साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर बैदिक पुजा आजाका साथ जलापर्ण सहितको कार्यक्रम राखिएको सिद्धेश्वर शिबालय मन्दिरका संरक्षक नारायण खनालले बताएका छन । सिद्धेश्वरको  प्रचारमा यस किसिमको मेलाले ठूलो टेवा पु-याउने छ ।

अन्य समाचारहरु