प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा आत्महत्याका घटना बढेका छन् । गएको साउन देखि असार मसान्तसम्म एक वर्षको समयमा ४८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक नवरत्न पौडेलले बताउनुभयो ।
आत्महत्या गर्नेमा १५ वर्ष देखि लिएर ६० वर्षसम्मका व्यक्ती रहेको प्रहरीले जनाएको छ । अघाखाँचीमा गएको वर्ष ४१ जनाले आत्महत्या गरेका थिए ।