दिपेन्द्र श्रेष्ठ
भगवती, अर्घाखाँची । अर्घाखाँची जिल्लाको श्री कालिका भगवती फलफुल तथा तरकारी कृषक समूह भगवती ३ अन्तर्गत गुणस्तरीय खाध्यान्न तथा तरकारी बीउ उत्तपादन उप-आयोजना (KUBK)कार्यक्रमको भगवती ४ तारुभतेरामा सार्बजनिक सुनुवाइ कार्यक्रम सप्पन्न भएको छ।
उक्त कार्यक्रममा यश उप-आयोजना का अध्यक्ष श्री कृष्ण प्रसाद पान्डे को अध्यक्षता र सचिव राजेन्द्र प्रसाद पान्डेको सन्चालन साथै जिल्ला बीउ सम्योजक श्री मुक्ती पौडेल को प्रमुख आतित्थ्यता मा सप्पन्न भएको थियो।
उक्त कार्यक्रम मा नेपाली काङ्ग्रेस भगवती गाउँ कार्य समिति सभापति शोभाखर न्यौपाने, नेकपा एमाले भगवती गाउँ कमिटी अध्यक्ष हरिलाल पान्डे, नेकपा माओवादी केन्द्र का गाउँ कमिटी अध्यक्ष भोजराज पान्डे राष्ट्रिय जनमोर्चा भगवती गाउँ कमिटी अध्यक्ष नेत्र प्रसाद पान्डे ले शुभकामना मन्तव्य दिनुभयको थियो ।
जसमा स्थानीय समाजसेवी,पत्रकार,बुद्धिजिबि लगायत सरोकारवाला कृषकहरु को व्यापक उपस्थिती रहेको थियो ।