अर्घाखाँचीमा पहिलो पटक जिम हाउस सञ्चालन

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्कमा जिल्लामै पहिलो पटक जिम हाउस सञ्चालनमा आएको छ ।
 
सन्धिखर्कका  युवा ब्यबसायीहरु बाबुराम भुसाल ,अशोक भुसाल र बाबुराम बेल्बासे को झन्डै १० लाखको संयुक्त लगानीमा सन्धिखर्क १ को  पक्की पुल नजिक अर्घा जिम एण्ड फिटनेस हाउस को संचालन भएको हो ।
जिम हाउसमा १५ बर्ष देखि ६५ बर्षका महिला एबं पुरुष हरुले त्यहाँ रहेका विभिन्न अत्याधुनिक मेशिन मा बसेर आफ्नो शरीरलाई फिट गराउन प्राक्टिस गर्न सक्नेछन । खास गरि मोटोपन भएका ,सुगर ,युरिकएसिड ,प्रेसर भएका ब्यक्तिहरु आई आफ्नो सेवा लिन सकिने संचालक बाबुराम भुसालले बताए ।
संचालनको एक हप्तामै सिफ्ट अनुसार १५० जनासेवाग्राही ले नाम दर्ता गराएका छन । एक पटकमा २५ जनाले जिम गर्न सकिने क्षमता रहेको छ ।
भिडियो: सहयोगी बिसीबाट 

अन्य समाचारहरु